सोमबार, आश्विन १२,२०८३ 07:02:45
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 07:02:45
Bizshala
Global IME Bank Limited

६ महिनाको सुत्केरी बिदालाई ‘सुविधा’ होइन, मानव पुँजीमा लगानीका रूपमा हेरिनुपर्छ : मन्त्री मेहता

Bizshala
६ महिनाको सुत्केरी बिदालाई ‘सुविधा’ होइन, मानव पुँजीमा लगानीका रूपमा हेरिनुपर्छ : मन्त्री मेहता
New Office

 

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तावित ६ महिनाको सुत्केरी बिदालाई कर्मचारीलाई दिइने सामान्य सुविधा वा बिदाका रूपमा मात्र नभई मातृत्वको सम्मान, आमा तथा नवजात शिशुको स्वास्थ्य, पोषण र दीर्घकालीन मानव पुँजी निर्माणसँग जोडेर हेर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक–२०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृत्वका क्रममा महिलाले पर्याप्त आराम, स्वास्थ्य पुनर्स्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय पाउनुपर्ने बताइन् ।

उनले प्रस्तावित ६ महिनाको सुत्केरी बिदा सरकारी कर्मचारी वा स्वास्थ्यकर्मीका लागि मात्र नभई निजी क्षेत्रमा कार्यरत महिलासहित सबै कामकाजी महिलाको मातृत्व अधिकारसँग जोडिएको विषय भएको स्पष्ट पारिन् ।

प्रस्तावित संशोधनमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनासम्म तलबसहितको सुत्केरी बिदा दिने व्यवस्था छ । त्यस्तै, पत्नी सुत्केरी हुँदा पुरुष कर्मचारीलाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने प्रस्ताव गरिएको छ ।

हाल प्रचलित व्यवस्थामा आमालाई ९० दिन र बाबुलाई १५ दिन बिदा दिने व्यवस्था रहेकोमा प्रस्तावित संशोधनमार्फत उक्त अवधि बढाउन खोजिएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्री मेहताका अनुसार पर्याप्त मातृत्व बिदाले आमाको स्वास्थ्य पुनर्स्थापना, नवजात शिशुको हेरचाह, पूर्ण स्तनपान तथा कुपोषणको जोखिम कम गर्न सहयोग पुर्‍याउँछ ।

उनले भनिन्, “आमा र बच्चाको स्वास्थ्यमा गरिएको लगानी वास्तवमा भोलिको मानव पुँजीमा गरिएको लगानी हो।”

उनका अनुसार मातृत्व संरक्षणको प्रभाव आमा र नवजात शिशुको स्वास्थ्यमा मात्र सीमित रहँदैन । स्वस्थ आमाबाट स्वस्थ शिशुको विकास, प्रारम्भिक बाल्यकालको उचित हेरचाह र पोषण हुँदै दीर्घकालमा स्वस्थ, सक्षम र उत्पादनशील जनशक्ति निर्माणसम्म यसको प्रभाव पुग्छ ।

मन्त्री मेहताले मातृत्वसम्बन्धी कानुनी अधिकार सरकारी क्षेत्रमा मात्र सीमित नराखी निजी क्षेत्रमा कार्यरत महिलाले पनि व्यवहारमै प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।

विशेषगरी निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई सञ्चालन अनुमति दिँदा मातृत्वसम्बन्धी कानुनी व्यवस्था पालना भएको सुनिश्चित गर्ने गरी आवश्यक कानुनी तथा संस्थागत प्रबन्ध गरिने उनले बताइन् ।

उनले स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्यकर्मी मात्र नभई ती संस्थाका सबै महिला कर्मचारीको मातृत्व अधिकार संरक्षण हुनुपर्ने उल्लेख गरिन् ।

मन्त्री मेहताले कानुन निर्माण गर्नु मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि सरकारको ध्यान केन्द्रित रहेको बताइन् । संसदबाट बनेको कानुन कागजमा मात्र सीमित नरही नागरिकले व्यवहारमा अनुभूति गर्न सक्ने अवस्था सिर्जना गर्नु सरकारको दायित्व भएको उनको भनाइ थियो ।

प्रस्तावित विधेयकमा मातृत्व तथा प्रजनन स्वास्थ्य सेवालाई सुरक्षित, गुणस्तरीय, सर्वसुलभ र पहुँचयोग्य बनाउने, तालिमप्राप्त प्रसूतिकर्मीबाट सेवा उपलब्ध गराउने तथा प्रसूति सेवा प्रदान गर्न इन्कार गर्न नपाइने व्यवस्था पनि समेटिएको छ ।

त्यस्तै, गर्भावस्था तथा सुत्केरी अवस्थामा महिलामाथि हुने हिंसा रोक्ने र विशेष अवस्थामा गर्भपतनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट तथा व्यवस्थित गर्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ ।

मन्त्री मेहताले ६ महिनाको सुत्केरी बिदालाई राज्यको अतिरिक्त खर्चका रूपमा नभई महिला अधिकार, शिशुको स्वास्थ्य तथा पोषण र दीर्घकालीन रूपमा स्वस्थ तथा उत्पादनशील मानव पुँजी निर्माणमा गरिने लगानीका रूपमा लिनुपर्ने बताइन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.