बुधबार, आश्विन १४,२०८३ 12:26:31
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 12:26:31
Bizshala
Global IME Bank Limited

पाँच शहरमा लक्ष्मी ल्युब आयलको मेकानिक मिट, ७०० बढी सहभागी

Bizshala
पाँच शहरमा लक्ष्मी ल्युब आयलको मेकानिक मिट, ७०० बढी सहभागी
New Office

 

काठमाण्डौ । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले देशका पाँच प्रमुख शहरमा ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ सम्पन्न गरेको छ।

बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा आयोजित कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएको कम्पनीले जनाएको छ।

अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्ध थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई कम्पनीले उत्पादन प्रवर्द्धनमा मात्र सीमित नराखी व्यवसायी तथा प्राविधिकसँग प्रत्यक्ष संवाद गर्ने प्लेटफर्मका रूपमा अघि बढाएको जनाएको छ।

कार्यक्रममा लुब्रिकेन्टको सही प्रयोग, सवारीसाधनअनुसार उपयुक्त उत्पादन छनोट, प्राविधिक आवश्यकता, बजारको अवस्था तथा ग्राहकको व्यवहारलगायत विषयमा छलफल गरिएको थियो।

कम्पनीका अनुसार बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा गरी ४०० भन्दा बढी सहभागी भएका थिए। पाँच शहरमा सम्पन्न कार्यक्रमको कुल सहभागी संख्या ७०० नाघेको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा टोटल इनर्जिजका विभिन्न उत्पादन तथा तिनको सही प्रयोगबारे प्राविधिक जानकारीसमेत दिइएको थियो। विशेषगरी सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिसअनुसार सही भिस्कोसिटी तथा ग्रेडको लुब्रिकेन्ट छनोट गर्नुपर्नेमा जोड दिइएको थियो।

सहभागी रिटेलर तथा मेकानिकले टोटल इनर्जिजका उत्पादन प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव र प्रतिक्रिया समेत साझा गरेका थिए।

लक्ष्मी ल्युब आयलले ‘ग्यारेज चौतारी’ मार्फत ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोटिभ व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

पाँच शहरमा कार्यक्रम सम्पन्न गरेपछि कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ विस्तार गर्ने तयारी गरेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.