बुधबार, आश्विन १४,२०८३ 05:17:04
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:17:04
Bizshala
Global IME Bank Limited

महासागरमा थपियो रेकर्ड गर्मी, एक वर्षमै मानवजातिको वार्षिक ऊर्जा खपतभन्दा ४० गुणा बढी ताप सोस्यो

Bizshala
महासागरमा थपियो रेकर्ड गर्मी, एक वर्षमै मानवजातिको वार्षिक ऊर्जा खपतभन्दा ४० गुणा बढी ताप सोस्यो
New Office

 

काठमाण्डौ । जलवायु परिवर्तनको प्रभाव विश्वका महासागरमा अझ तीव्र बन्दै गएको नयाँ अध्ययनले देखाएको छ। सन् २०२५ मा विश्वका महासागरले करिब २३ जेटाजुल ताप ऊर्जा सोसेका छन्, जुन सोही वर्ष मानवजातिले प्रयोग गरेको कुल ऊर्जाभन्दा झण्डै ४० गुणा बढी हो।

यो महासागरमा ताप सञ्चित भएको लगातार नवौँ रेकर्ड वर्षसमेत हो।

१०औँ कोपरनिकस ओसन स्टेट रिपोर्टका अनुसार मानव गतिविधिका कारण उत्सर्जित हरितगृह ग्यासबाट पृथ्वीमा थपिएको अतिरिक्त तापको करिब ९० प्रतिशत महासागरले सोस्ने गरेका छन्। वैज्ञानिकहरूले महासागरको तापक्रम वृद्धि, समुद्री सतहमा भइरहेको उकालो र समुद्री पारिस्थितिक प्रणालीमा देखिएको क्षतिलाई दीर्घकालीन जलवायु परिवर्तनका परस्पर जोडिएका संकेतका रूपमा व्याख्या गरेका छन्।

रिपोर्टअनुसार सन् १९९९ देखि २०२५ सम्म विश्वको समुद्री सतह औसतमा प्रतिवर्ष करिब ३.८ मिलिमिटर बढेको छ। पछिल्लो अवधिमा यो गति अझ तीव्र भएको देखिएको छ। सन् २०१२ देखि २०२५ सम्म समुद्री सतह बढ्ने दर प्रतिवर्ष औसत ४.२ मिलिमिटर पुगेको छ।

महासागरमा ताप मात्र होइन, रासायनिक परिवर्तनसमेत तीव्र हुँदै गएको अध्ययनले देखाएको छ। समुद्रले वायुमण्डलमा उत्सर्जित कार्बन डाइअक्साइडको करिब एकतिहाइ सोस्दा पछिल्ला चार दशकमा महासागरको अम्लीयपन करिब १७ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसको प्रत्यक्ष असर समुद्री जीव र पारिस्थितिक प्रणालीमा देखिन थालेको छ। सन् २०२३ जनवरीदेखि २०२५ सेप्टेम्बरसम्म विश्वका करिब ८४ प्रतिशत प्रवाल भित्ताले प्रवाल फिक्का हुने स्तरको तापीय तनाव सामना गरेका छन्।

अन्टार्कटिक क्षेत्रमा समुद्री बरफमा आएको गिरावटले सम्राट पेन्गुइनका केही बस्तीमा प्रजनन असफलतासमेत देखिएको वैज्ञानिकहरूले बताएका छन्।

युरोपका समुद्री क्षेत्रमा अवस्था अझ चिन्ताजनक देखिएको छ। भूमध्यसागर र ब्ल्याक सीमा लामो समय टिक्ने समुद्री तातो लहर बढेको छ। रिपोर्टअनुसार भूमध्यसागरको तापक्रम प्रतिदशक करिब ०.३२ डिग्री सेल्सियसका दरले बढिरहेको छ।

तातिएको समुद्री पानीले जमिनको तापक्रममा समेत प्रभाव पार्न सक्छ। विशेषगरी रातको समयमा समुद्रबाट निस्किने तापले स्थलीय क्षेत्र चिसिन नदिँदा गर्मीको प्रभाव अझ लम्बिन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

महासागरमा भइरहेको तीव्र परिवर्तनको असर समुद्री जीवमा मात्रै सीमित नरहने चेतावनी वैज्ञानिकहरूले दिएका छन्। बढ्दो समुद्री सतह, समुद्री तातो लहर, अम्लीयपन र जैविक विविधतामा भइरहेको क्षतिले तटीय समुदाय, खाद्य सुरक्षा, मत्स्य व्यवसाय तथा साना टापु राष्ट्रहरूको अर्थतन्त्रमा दीर्घकालीन जोखिम थपिरहेको छ।

वैज्ञानिकहरूका अनुसार अहिले महासागरमा देखिएका परिवर्तन पृथ्वीको जलवायु प्रणालीमा भइरहेको गम्भीर असन्तुलनका स्पष्ट संकेत हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.