बिहीबार, आश्विन १५,२०८३ 01:08:33
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 01:08:33
Bizshala
Global IME Bank Limited

सह–पाइलटको चक्कु आक्रमणबीच १७४ यात्रु बचाउने भारतीय क्याप्टेनको विश्वभर प्रशंसा

Bizshala
सह–पाइलटको चक्कु आक्रमणबीच १७४ यात्रु बचाउने भारतीय क्याप्टेनको विश्वभर प्रशंसा
New Office

 

काठमाण्डौ । दुबईबाट तेल अभिभतर्फ उडिरहेको फ्लाईदुबईको विमानभित्र सह–पाइलटको चक्कु आक्रमणमा परेपछि पनि ठूलो दुर्घटना टार्न महत्वपूर्ण भूमिका खेलेका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा भइरहेको छ।

फ्लाईदुबईको एफजेड–१०७३ उडानमा सह–पाइलटले क्याप्टेनमाथि चक्कु प्रहार गरेपछि विमान एकाएक तीव्र गतिमा उचाइ गुमाउन थालेको थियो। विमानलाई पछि साउदी अरेबियाको तबुकतर्फ मोडेर आपत्कालीन अवतरण गराइएको थियो। विमानमा चालक दलसहित १७४ जना सवार थिए र सबै यात्रु सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाका क्रममा क्याप्टेन मच्छर गम्भीर घाइते भए पनि उनले ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा अफ–ड्युटी चालकदलका सदस्यहरूले भित्र प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ। त्यसपछि विमानलाई स्थिर बनाउँदै तबुकमा सुरक्षित अवतरण गराइएको थियो।

एक मिनेटमै करिब १६ हजार फिट तल

अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार विमान करिब ३३ हजार फिटको उचाइबाट झण्डै एक मिनेटमै १७ हजार फिटसम्म तल झरेको थियो। तीव्र अवतरणका क्रममा विमानले आपत्कालीन संकेतसमेत पठाएको थियो।

यात्रुहरूले ककपिट क्षेत्रमा असामान्य अवस्था देखेपछि हस्तक्षेप गरेका थिए। ककपिट नियन्त्रणमा आएपछि विमानमा सवार अन्य अनुभवी चालकदलले उडान सम्हालेर साउदी अरेबियामा अवतरण गराएको बताइएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेतान्याहु र मोदीद्वारा प्रशंसा

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मच्छरको भूमिकाको प्रशंसा गर्दै उनको साहसले ठूलो जनधन क्षति हुनबाट जोगिएको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मच्छरको साहसको प्रशंसा गरेका छन्।

मच्छर हाल साउदी अरेबियामा उपचाररत रहेको र उनको अवस्था स्थिर रहेको समाचारमा उल्लेख छ।

उद्देश्य अझै अनुसन्धानकै विषय

इजरायली अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा वर्णन गरेका छन्। नेतान्याहुले आक्रमणकारीले विमान दुर्घटनामा पार्ने प्रयास गरेको हुनसक्ने बताएका छन्। तर आक्रमणको वास्तविक उद्देश्यबारे आधिकारिक अनुसन्धान अझै जारी छ र अहिलेसम्म अन्तिम निष्कर्ष सार्वजनिक भएको छैन।

यूएईको नागरिक उड्डयन निकायले समेत घटनाबारे अनुसन्धान सुरु गरेको छ।

घटनापछि फ्लाईदुबईले इजरायलतर्फका उडान अस्थायी रूपमा स्थगित गरेको जनाइएको छ।

यो घटनाले विमानभित्रको सुरक्षा, चालकदलको मनोवैज्ञानिक परीक्षण र ककपिट सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डबारे पुनः बहस सुरु गराएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.