काठमाण्डौ । सरकारले देशभरका सरकारी तथा गैरसरकारी लगायत सबै संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै आगामी आर्थिक वर्ष २०८१/८२ मा संगठित सबै क्षेत्रलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध हुने व्यवस्था मिलाउने बताएका हुन् ।
औषधीको समुचित प्रयोग तथा सुरक्षित खाद्य उपयोग सुनिश्चित गर्न खाद्य तथा औषधी नियमनको व्यवस्था गरिने गरिनेछ ।