शुक्रबार, कार्तिक ६,२०८३ 09:11:01
  • शुक्रबार, कार्तिक ६,२०८३ 09:11:01
Global IME Bank Limited

सार्वजनिक यातायातको भाडा पनि डिजिटल बन्दै, एनसीएचएल र जीआईजेडबीच सहकार्य

Bizshala
सार्वजनिक यातायातको भाडा पनि डिजिटल बन्दै, एनसीएचएल र जीआईजेडबीच सहकार्य
New Office

काठमाण्डौ । नेपालको सार्वजनिक यातायात तथा मोबिलिटी क्षेत्रमा डिजिटल भुक्तानी विस्तार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र Deutsche Gesellschaft für Internationale Zusammenarbeit (GIZ) GmbH बीच सहकार्य भएको छ।

सम्झौतामा GIZ–SET4NPL का प्रोग्राम म्यानेजर डिएगो सिनियर र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सहकार्यअन्तर्गत एनसीएचएलको राष्ट्रिय भुक्तानी पूर्वाधार प्रयोग गरी GIZ को SET4NPL परियोजनामार्फत सार्वजनिक यातायातसम्बन्धी भुक्तानीलाई थप डिजिटल बनाइनेछ।

यसक्रममा यातायात टिकटिङ प्रणाली, मोबिलिटी एप्लिकेसन, उपकरण तथा अन्य डिजिटल प्लेटफर्मसँग NEPALPAY QR, NEPALPAY Card र connectIPS लगायतका भुक्तानी माध्यम एकीकृत गर्ने तयारी छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनसीएचएलका अनुसार यसले यात्रुलाई विभिन्न सार्वजनिक यातायात सेवामा एउटै डिजिटल भुक्तानी पूर्वाधारमार्फत भाडा तिर्न सहज बनाउनेछ।

सहकार्यअन्तर्गत ‘ओपन–लूप टिकटिङ’ प्रणालीलाई समेत प्रवर्द्धन गरिनेछ। यसबाट छुट्टाछुट्टै यातायात सेवाका लागि अलग कार्ड वा भुक्तानी प्रणाली प्रयोग गर्नुपर्ने बाध्यता कम हुँदै जाने अपेक्षा गरिएको छ।

यसले टिकटिङ, भाडा संकलन, कारोबार प्रोसेसिङ तथा सेटलमेन्टसम्मका प्रक्रियालाई डिजिटल बनाउन सहयोग गर्नेछ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एनसीएचएलले एकीकरण, परीक्षण तथा डिप्लोयमेन्टका लागि आवश्यक एपीआई र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। GIZ–SET4NPL ले भने परियोजनाअन्तर्गत विकास भएका टिकटिङ प्रणाली, एप्लिकेसन तथा उपकरणमा एनसीएचएलका भुक्तानी माध्यम जोड्न सहजीकरण गर्नेछ।

एनसीएचएलले यस सहकार्यलाई सार्वजनिक यातायात तथा भविष्यमा विकास हुने मोबिलिटी सेवासम्म राष्ट्रिय डिजिटल भुक्तानी पूर्वाधार विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ।

सार्वजनिक यातायातमा नगदमा आधारित भाडा संकलनलाई क्रमशः डिजिटल प्रणालीतर्फ लैजाँदा यात्रुको सुविधा, कारोबारको पारदर्शिता र भाडा व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.