बुधबार, आश्विन २१,२०८३ 06:23:51
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 06:23:51
Bizshala
Global IME Bank Limited

उपत्यकाको हावा ‘खतरनाक’ भन्छन् ८१ प्रतिशत, प्रदूषण थाहा पाउन इन्द्रियकै भर

Bizshala
उपत्यकाको हावा ‘खतरनाक’ भन्छन् ८१ प्रतिशत, प्रदूषण थाहा पाउन इन्द्रियकै भर
New Office

 

 काठमाण्डौ । काठमाण्डौ  उपत्यकाका अधिकांश बासिन्दाले यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि गम्भीर जोखिमपूर्ण रहेको ठाने पनि वायुको वास्तविक गुणस्तरबारे आधिकारिक तथा वैज्ञानिक जानकारीमा पहुँच भने निकै कमजोर रहेको एक अध्ययनले देखाएको छ।

सन् २०२६ मा स्थापना भएको गैरनाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १ हजार २०० बासिन्दामाझ गरेको सर्वेक्षणअनुसार ८१.२ प्रतिशत उत्तरदाताले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि ‘खतरनाकदेखि अत्यन्त खतरनाक’ सम्मको अवस्थामा रहेको बताएका छन्।

तर वायुको गुणस्तर जाँच्नेहरूमध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा वैज्ञानिक सूचकभन्दा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता व्यक्तिगत अनुभवमा भर पर्ने गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणअनुसार समग्रमा ५२.३ प्रतिशत बासिन्दाले आफ्नो क्षेत्रको वायु गुणस्तरलाई खराब वा अत्यन्त खराब मानेका छन्। ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशत उत्तरदाताले स्थानीय वायुको गुणस्तरप्रति नकारात्मक धारणा व्यक्त गरेका छन्। उत्तर काठमाडौं क्षेत्रमा भने यस्तो धारणा राख्नेको हिस्सा ३५.९ प्रतिशत रहेको छ।

वायु गुणस्तर कसरी जाँच्ने भन्ने ज्ञानमा शैक्षिक स्तरअनुसार ठूलो अन्तर देखिएको छ। प्राथमिक तह वा सोभन्दा कम शिक्षा हासिल गरेका उत्तरदातामध्ये १०.८ प्रतिशतलाई मात्रै वायु गुणस्तर जाँच्ने तरिका थाहा रहेको पाइएको छ। स्नातकोत्तर वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेकामध्ये भने ६३ प्रतिशतलाई त्यसबारे जानकारी रहेको सर्वेक्षणले देखाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी देखिए पनि समग्र पहुँच अझै सीमित छ। १८ देखि २४ वर्ष उमेर समूहमा सक्रिय रूपमा वायु गुणस्तर हेर्नेहरूमध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने गरेका छन्। तर समग्र १८–२४ वर्ष उमेर समूहमा हेर्दा वेबसाइट प्रयोग गर्ने १४.१ प्रतिशत र एप प्रयोग गर्ने १० प्रतिशत मात्रै रहेका छन्।

काठमाडौं उपत्यकाको वायु प्रदूषणका प्रमुख कारणमध्ये सवारीसाधन तथा ट्राफिकबाट हुने उत्सर्जनलाई ९८.६ प्रतिशत उत्तरदाताले मुख्य स्रोत मानेका छन्। त्यस्तै सडक निर्माणबाट उड्ने धुलोलाई ९४.८ प्रतिशतले महत्वपूर्ण प्रदूषण स्रोतका रूपमा औंल्याएका छन्।

वायु प्रदूषण नियन्त्रणका लागि संस्थागत सुधारमा पनि व्यापक जनसमर्थन देखिएको छ। सर्वेक्षणअनुसार ७९.९ प्रतिशत उत्तरदाता सार्वजनिक यातायात विस्तार र विद्युतीय सवारी प्रवर्द्धनको पक्षमा छन्। त्यस्तै ७१.५ प्रतिशतले धुलो नियन्त्रणका कडा उपाय र शहरी हरियाली विस्तारमा समर्थन जनाएका छन्।

सरकारले वायु प्रदूषण नियन्त्रणका लागि गरेको प्रयासप्रति भने ७०.४ प्रतिशत उत्तरदाताले असन्तुष्टि व्यक्त गरेका छन्।

प्रदूषणबाट जोगिन व्यक्तिगत तहमा ८२ प्रतिशतले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन्। यद्यपि ४३.४ प्रतिशत उत्तरदाताले आफूले वायु प्रदूषणबाट बच्न कुनै पनि व्यक्तिगत उपाय नअपनाएको बताएका छन्।

सर्वेक्षणले वायु प्रदूषण काठमाडौं उपत्यका छाड्ने सोचसँग समेत जोडिन थालेको संकेत गरेको छ। उपत्यका छाड्ने विचारमा रहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई एउटा कारणका रूपमा उल्लेख गरेका छन्। उपत्यका छाड्ने प्रमुख कारणमा आर्थिक दबाब तथा महँगी ४७.८ प्रतिशतसहित पहिलो स्थानमा रहेको छ।

ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले जनचिन्ता र विश्वसनीय सूचनामाथिको पहुँचबीच गम्भीर खाडल देखाएको बताइन्।

“पाँचमध्ये चार जना बासिन्दाले आफूले सास फेर्ने हावा स्वास्थ्यका लागि खतरनाक भएको महसुस गर्छन्, तर अधिकांश मानिससँग वैज्ञानिक तथ्यांकको सट्टा आफ्नै इन्द्रियमा भर पर्नुपर्ने अवस्था छ,” उनले भनिन्, “१० जनामध्ये ६ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने नै थाहा छैन।”

गिरीका अनुसार ताजा इनिसिएटिभ नेपालले वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई सर्वसाधारणका लागि सहज, बुझ्न सकिने र व्यवहारमा प्रयोग गर्न मिल्ने बनाउने दिशामा काम गर्नेछ।

संस्थाले आगामी चरणमा काठमाडौं उपत्यकाभर वायु गुणस्तर निगरानी विस्तार गर्ने, सहज डेटा प्लेटफर्म विकास गर्ने तथा वायु प्रदूषणसम्बन्धी जनचेतना र ‘एयर क्वालिटी लिटरेसी’ कार्यक्रमलाई सुदृढ बनाउने जनाएको छ।

ताजा इनिसिएटिभ नेपाल अनुसन्धान, वायु गुणस्तर निगरानी, तथ्यांक तथा जनचेतनामार्फत काठमाडौं उपत्यकाको वायु प्रदूषण न्यूनीकरणका लागि प्रमाणमा आधारित समाधान प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.