सोमबार, कार्तिक १६,२०८३ 09:29:28
  • सोमबार, कार्तिक १६,२०८३ 09:29:28
Global IME Bank Limited

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

Bizshala
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा
New Office

काठमाडौं। एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार सेवाहरू प्रदान गर्न थालेको छ। यो टावरको सञ्चालन पश्चात् मार्माको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाहरूले दूरसञ्चार सेवाको पहुँचबाट प्रत्यक्ष लाभ लिन थालेका छन्।

स्थानीयहरूको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र नभइ अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न हुने पर्यटकहरूका लागि पनि यसले सञ्चार सेवा थप भरपर्दो बनाउने कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

“यो टावरको जडान र सञ्चालनसँगै हामीले फोरजी सेवाको पहुँच अझै बढाउँदै यसको फाइदा त्यहाँका स्थानीयका साथै पर्यटकहरूलाई दिन सफल भएका छौँ। यो हामी आम उपभोक्तालाई सुगमदेखि दुर्गमसम्म सेवा प्रदान गर्न सधैँ कटिबद्ध रहेको एक स्पष्ट प्रमाण हो,” एनसेलकी हेड अफ नेटवर्क लेना केसरी कंसाकारले भनिन्।

हाल एनसेलले देशभर ४ हजार ५०० भन्दा बढी टावरमार्फत टुजी, थ्रीजी र फोरजी सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीले गुणस्तरीय फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइरहेको अवस्थामा मार्मामा जडान गरिएको यो नयाँ टावरले टुजी र फोरजी प्रविधिमा आधारित दूरसञ्चार सेवा प्रदान गर्नेछ।

Garima Development Bank
Bizshala
IME remit

यसबाट दुर्गम हिमाली क्षेत्रका बासिन्दाको सञ्चार पहुँचमा सुधार आउने र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.