काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पूर्वराष्ट्रपति तथा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी भएकी छन्। वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएको यो पहिलोपटक हो।
एमालेको असोज ८ गते बसेको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो।
राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्ष थिइन्। सक्रिय राजनीतिबाट लामो समय टाढा रहेकी उनी पछिल्लो समय पुनः पार्टीको औपचारिक संरचनामा फर्किएकी हुन्।
वरिष्ठ नेताको हैसियतमा स्थायी कमिटी बैठकमा उनको सहभागितालाई एमालेको पछिल्लो आन्तरिक राजनीतिक विकासका रूपमा हेरिएको छ।
एमालेले असोज २२ गते दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बोलाएको थियो। बैठकका एजेन्डाबारे भने पार्टीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।