काठमाण्डौ । सरकारले उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानलाई अनुदान वितरणसम्बन्धी कार्यविधि बिहीबार स्वीकृत गरेकी हुन्। मन्त्रीको निजी सचिवालयका अनुसार कार्यविधि स्वीकृत भएसँगै किसानलाई अनुदान वितरणको प्रक्रिया अघि बढ्नेछ।
मन्त्रालयका अनुसार उक्त अनुदान बर्दिया, रौतहट, कैलाली र कञ्चनपुरका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।
सरकारले उखु उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले वार्षिक रूपमा अनुदान उपलब्ध गराउँदै आएको छ।
स्वीकृत कार्यविधिअनुसार यस वर्ष पनि सोही व्यवस्थाअन्तर्गत किसानलाई अनुदान रकम वितरण गरिने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।