बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्याएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।
आज बिहान ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ लागेका थिए। बाढीको जोखिमलाई मध्यनजर गर्दै सिर्दिबास र धार्चेसहित खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन भने भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।