आईतवार, आश्विन २५,२०८३ 06:54:22
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 06:54:22
Bizshala
Global IME Bank Limited

‘जति प्रहार गरे पनि ढल्दिनँ, बाँचुञ्जेल झुक्दिनँ’ : ओली

Bizshala
‘जति प्रहार गरे पनि ढल्दिनँ, बाँचुञ्जेल झुक्दिनँ’ : ओली
New Office

 

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने बताएका छन्।

काठमाडौंमा आइतबार एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महाभारतका भीष्म पितामहको प्रसंग निकाल्दै आफू अझै संघर्ष गर्न सक्ने अवस्थामा रहेको बताए।

उनले राजनीतिक जीवनमा विभिन्न प्रकारका प्रहार र धोका खेपेको उल्लेख गर्दै भने, ‘नजिकै आउँछ, कमरेड भन्छन्, ग्याम्म छुरी हान्छ। यो पनि देखियो।’

भीष्म पितामह शरशय्यामा ढलेको प्रसंग जोड्दै ओलीले आफू त्यति बुढो नभएको र जति आक्रमण भए पनि नढल्ने दाबी गरे। ‘म त्यति बुढो भएको छैन। जति हाने पनि ढल्दिनँ,’ उनले भने।

ओलीले आफ्नो राजनीतिक जीवनको साढे पाँच दशकभन्दा बढी समय देश र जनताका लागि बिताएको दाबी गरे। ५७ वर्षअघि आन्दोलनको पुनर्गठन, एकीकरण र राजनीतिक संघर्ष थालेको स्मरण गर्दै पञ्चायती व्यवस्था अन्त्य, राजतन्त्रको समाप्ति र समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित आफू राजनीतिमा लागेको बताए।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनले विगतमा पनि राज्यबाट झुटा मुद्दा खेप्नुपरेको र जेल जीवन बिताएको उल्लेख गरे। अहिले मात्रै नभई पञ्चायतकालमा समेत आफूलाई ज्यानमारा मुद्दासम्म लगाइएको उनको भनाइ थियो।

ओलीले आफू बाँचुञ्जेल राजनीतिक संघर्षबाट पछि नहट्ने र कसैसँग नझुक्ने पनि बताए।

‘कुन दिन मरिन्छ भन्ने थाहा छैन, नमरुन्जेल लडिन्छ। बाँचुञ्जेल बैरीसँग झुकिँदैन,’ उनले भने।

आफ्नो व्यक्तिगत भविष्यभन्दा देशको हितलाई प्राथमिकतामा राखेको दाबी गर्दै ओलीले आफूलाई मृत्युको डर नरहेकोसमेत बताए। देश र जनताका लागि काम गरेको भन्दै उनले अन्तिम समयसम्म पनि त्यही बाटोमा रहने जिकिर गरे।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.