सोमबार, आश्विन २६,२०८३ 06:20:49
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 06:20:49
Bizshala
Global IME Bank Limited

चाडपर्वमा नेपाल टेलिकमको फेस्टिभ अफर, एफटीटीएच जडान निःशुल्कदेखि अनलिमिटेड डेटा प्याकसम्म

Bizshala
चाडपर्वमा नेपाल टेलिकमको फेस्टिभ अफर, एफटीटीएच जडान निःशुल्कदेखि अनलिमिटेड डेटा प्याकसम्म
New Office

 

काठमाण्डौ ।  नेपाल टेलिकमले दसैँ, तिहार र छठपर्वलाई लक्षित गर्दै ग्राहकका लागि विभिन्न छुट र सहुलियतसहितको फेस्टिभ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत नयाँ एफटीटीएच जडान गर्ने ग्राहकलाई जडान शुल्कमा छुट दिइएको छ भने मोबाइल प्रयोगकर्ताका लागि अनलिमिटेड डेटा, सस्तो भ्वाइस तथा एसएमएस प्याक ल्याइएको कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच सेवा जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन।

त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा लिन पाउनेछन्। सो प्याकेजसँग उपलब्ध हुने बोनस मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा ग्राहकले यसअघिदेखि पाइरहेको १ हजार रुपैयाँ छुटसमेत कायम रहने टेलिकमले जनाएको छ।

मोबाइल सेवातर्फ ३० दिन अवधिका विभिन्न फेस्टिभ प्याक ल्याइएको छ।

४९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड डेटा’ प्याकमा दैनिक ५ जीबी उच्च गतिको डेटा उपलब्ध हुनेछ। दैनिक कोटा सकिएपछि पनि २ एमबीपीएस गतिमा महिनाभर इन्टरनेट चलाउन सकिनेछ।

त्यस्तै, ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा’ प्याकमा दैनिक १० जीबी डेटा उपलब्ध हुनेछ। दैनिक सीमा सकिएपछि ३ एमबीपीएस गतिमा इन्टरनेट चलिरहनेछ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

भ्वाइस सेवातर्फ २५० रुपैयाँमा नेपालका जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने १ हजार मिनेट टक टाइम दिइनेछ।

एसएमएसतर्फ ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने १ हजार एसएमएस उपलब्ध गराइएको छ।

मोबाइल फेस्टिभ प्याक असोज ३० गतेदेखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ।

ग्राहकले 141511# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत प्याकेज सक्रिय गर्न सक्नेछन्।

चाडपर्वका बेला परिवार र आफन्तसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले यी प्याकेज ल्याइएको नेपाल टेलिकमले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.