अन्तर्राष्ट्रिय बजारमा लगातार दुई कारोबार दिन घटेको सुनको मूल्य बुधबार पनि गिरावटले निरन्तरता पाएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २१.१९ अमेरिकी डलर अर्थात् ०.५१ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार १५० अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य १.५० अमेरिकी डलर अर्थात् २.५० प्रतिशतले घटेर प्रतिऔंस ५८.७५ अमेरिकी डलर आसपास कारोबार भइरहेको छ।
अमेरिकी उपभोक्ता मुद्रास्फीतिसम्बन्धी तथ्यांक सार्वजनिक हुनुअघि लगानीकर्ता सतर्क रहँदा सुनको मूल्यमा निरन्तर गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।