काठमाडौं । रूस र युक्रेनले आफ्ना आपत्कालीन चेतावनी प्रणालीमा साइबर हमला भएको दाबी गरेका छन्।
ह्याकरहरूले दुवै देशका नागरिकलाई झुटा चेतावनी सन्देश पठाएपछि केही समयका लागि सर्वसाधारणमा त्रास फैलिएको थियो। ती सन्देशमा विकिरणको जोखिम र परमाणु आक्रमण हुन सक्ने भन्दै चेतावनी दिइएको थियो।
रूसको आपत्कालीन मन्त्रालयले आफ्नो चेतावनी एपमा ठूलो स्तरको साइबर हमला भएको जनाएको छ। मन्त्रालयका अनुसार उक्त हमलामार्फत ह्याकरहरूले गलत सूचना प्रवाह गर्न सक्ने अवस्था सिर्जना भएको थियो।
यद्यपि, मन्त्रालयले देशको सार्वजनिक चेतावनी प्रणाली भने सामान्य रूपमा सञ्चालन भइरहेको स्पष्ट पारेको छ।
यता, युक्रेनको हवाई आक्रमणसम्बन्धी चेतावनी दिने एपबाट पनि साइबर हमलापछि झुटा चेतावनी सन्देश पठाइएको घटना सार्वजनिक भएको छ।
युक्रेनको रणनीतिक सञ्चार केन्द्रले उक्त साइबर हमलाका लागि रूसलाई जिम्मेवार ठहर गरेको छ। केन्द्रले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट सार्वजनिक गर्दै युक्रेनको हवाई आक्रमण चेतावनी एपमा देखिएका केही सन्देशका तस्बिरसमेत सार्वजनिक गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।