बुधबार, आश्विन २८,२०८३ 04:33:17
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 04:33:18
Bizshala
Global IME Bank Limited

ज्योति समूहमा वित्तीय संकट गहिरियो, अर्बौँको सम्पत्ति लिलामी प्रक्रियामा

Bizshala
ज्योति समूहमा वित्तीय संकट गहिरियो, अर्बौँको सम्पत्ति लिलामी प्रक्रियामा
New Office

 

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाबाट लिएको ठूलो परिमाणको कर्जा भुक्तानी हुन नसकेपछि ज्योति समूहका अध्यक्ष डा. रूप ज्योति तथा समूहसँग सम्बन्धित विभिन्न कम्पनीको धितो सम्पत्ति लिलामी प्रक्रियामा पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र प्रभु बैंकले समूहसँग सम्बन्धित ऋणी कम्पनीबाट बक्यौता असुल गर्न धितो लिलामी तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका हुन्।

ज्योति समूहसँग सम्बद्ध विभिन्न कम्पनीले राष्ट्रिय वाणिज्य बैंकबाट लिएको करिब ५७ करोड ९० लाख रुपैयाँ कर्जा चुक्ता नगरेपछि बैंकले धितो बिक्री प्रक्रिया अघि बढाएको छ। बैंकमा धितो रहेको पर्साको वीरगन्जस्थित चोर्नीमा रूप ज्योतिको नाममा रहेका कित्ता नम्बर १३ र १५ अन्तर्गत क्रमशः ३३ हजार १७५ र २८ हजार ९५ वर्गमिटर जग्गासमेत लिलामी प्रक्रियामा परेको छ।

यी दुई कित्ताको क्षेत्रफल जोड्दा करिब १२० रोपनीभन्दा बढी जग्गा हुन आउँछ। बैंकले यसअघि नै लिलामीसम्बन्धी सूचना निकाले पनि कर्जा राफसाफ हुन नसकेको बताइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उता, प्रभु बैंकमा धितो रहेका ज्योति समूहअन्तर्गतका नर्थ फेस होटल प्रालि र नेपाल जनरल मार्केटिङ प्रालिसँग सम्बन्धित कर्जासमेत असुल हुन नसकेको उल्लेख छ। बूढानीलकण्ठ नगरपालिकाभित्र रहेका नर्थ फेस होटलका एक दर्जनभन्दा बढी कित्ता जग्गा तथा भौतिक संरचना लिलामीका लागि बैंकले विभिन्न चरणमा सार्वजनिक सूचना जारी गरिसकेको छ।

नेपाल बैंक लिमिटेडले पनि नेपाल जनरल मार्केटिङ, ग्रान्डे सिटी क्लिनिक एन्ड हस्पिटललगायत समूहसँग सम्बन्धित चार कम्पनीको कर्जा असुली प्रक्रिया अघि बढाएको छ। बैंकले रूप ज्योति, उनका छोरा अभिक ज्योति र छोरी सुरुचि ज्योतिको नाममा रहेका धितो सम्पत्तिसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिसकेको जनाइएको छ।

एकपछि अर्को बैंकले धितो लिलामी प्रक्रिया अघि बढाएसँगै कुनै समय नेपालको स्थापित व्यावसायिक घरानामध्ये एक मानिने ज्योति समूहको वित्तीय अवस्थामाथि प्रश्न उठेको छ।

समूहभित्रको पारिवारिक विवाद, व्यवसायमा आएको दबाब तथा ऋण व्यवस्थापनमा देखिएका समस्यालाई यसको पछिल्लो वित्तीय संकटसँग जोडेर हेरिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

समूहले लिएको कर्जा अन्य प्रयोजनमा प्रयोग गरिएको भन्ने आरोपसमेत सार्वजनिक भएका छन्। यद्यपि यस्तो आरोपको अन्तिम पुष्टि सम्बन्धित नियामक वा अनुसन्धान निकायबाट हुन बाँकी छ। यस विषयमा नेपाल राष्ट्र बैंकसहित सम्बन्धित निकायको ध्यानाकर्षण भएको बताइएको छ।

कर्जा असुलीका लागि बैंकहरूले अघि बढाएका कतिपय प्रक्रियाविरुद्ध ज्योति समूह अदालतसमेत पुगेको उल्लेख छ। यसले बैंकको कर्जा असुली प्रक्रिया र ऋणी पक्षबीचको विवादलाई थप लम्ब्याएको छ।

ठूलो परिमाणको कर्जा, पटक–पटकको असुली प्रयास र अर्बौँ मूल्यका धितो सम्पत्ति लिलामी प्रक्रियामा पुगेसँगै ज्योति समूह अहिले गम्भीर वित्तीय दबाबमा परेको देखिन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.