काठमाण्डौ । कृषि विकास बैंकका ग्राहकहरूले अब बैंकको ‘एडिबिएल स्मार्ट प्लस’ मोबाइल एपमार्फत डिसहोमका विभिन्न सेवाहरू नवीकरण गर्न सक्ने भएका छन्।
नयाँ सुविधाअन्तर्गत ग्राहकहरूले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा मोबाइल एपबाटै नवीकरण गर्न सक्नेछन्।
यस सुविधाले ग्राहकलाई सेवा नवीकरणका लागि छुट्टै काउन्टर वा भुक्तानी केन्द्रमा जानुपर्ने झन्झट कम गर्दै घरमै बसेर छिटो र सहज रूपमा सेवा निरन्तरता दिन सहयोग पुग्ने कम्पनीले जनाएको छ।
डिसहोमले ग्राहकलाई सहज र सुविधाजनक सेवा अनुभव उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यममार्फत सेवा नवीकरणको सुविधा विस्तार गर्दै आएको छ।
कृषि विकास बैंकको स्मार्ट प्लस एपबाहेक अन्य उपलब्ध डिजिटल भुक्तानी माध्यमबाट समेत डिसहोमका सेवाहरू नवीकरण गर्न सकिनेछ।
ग्राहकलाई आफ्नो आवश्यकता र सुविधाअनुसार उपयुक्त भुक्तानी माध्यम छनोट गर्न सहज बनाउने गरी डिजिटल सेवा विस्तारलाई निरन्तरता दिइएको डिसहोमले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।