बिहीबार, कार्तिक १२,२०८३ 04:37:42
  • बिहीबार, कार्तिक १२,२०८३ 04:37:42
Global IME Bank Limited

चक्रवात ‘अर्नब’को सम्भावित असर : नेपालमा उच्च सतर्कता, हवाई र पर्यटन क्षेत्रलाई विशेष निर्देशन

Bizshala
चक्रवात ‘अर्नब’को सम्भावित असर : नेपालमा उच्च सतर्कता, हवाई र पर्यटन क्षेत्रलाई विशेष निर्देशन
New Office

काठमाण्डौ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तरताका लागि मातहतका निकायलाई उच्च सतर्कतामा राखेको छ।

भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको चक्रवात नेपालसम्म आइपुग्दा कमजोर हुने आँकलन गरिएको छ। त्यसैले अत्यधिक तीव्र हावाहुरीको जोखिम तुलनात्मक रूपमा कम रहने भए पनि वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना भने कायम रहेको जनाइएको छ।

सम्भावित मौसमी जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्न सुरक्षा निकायहरूले विभिन्न स्थानमा माइकिङमार्फत सचेतना अभियान सञ्चालन गरिरहेका छन्।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघले पनि पदयात्रा तथा पर्वतारोहणमा निस्कने पर्यटक तथा टोलीलाई आधिकारिक मौसम पूर्वानुमान अद्यावधिक गरेर मात्र यात्रा सम्बन्धी निर्णय लिन आग्रह गरेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हवाई सुरक्षालाई समेत उच्च प्राथमिकतामा राखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालन, हवाई ट्राफिक व्यवस्थापन, धावनमार्ग निरीक्षण, वैकल्पिक उडान योजना तथा सञ्चार र विद्युत् प्रणालीलाई पूर्ण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

यसैगरी विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले आ–आफ्नो क्षेत्रको सम्भावित जोखिम मूल्याङ्कन गरी आवश्यक पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सरकारले नागरिकलाई भ्रामक सूचना र अफवाहको पछि नलाग्न पनि विशेष अपिल गरेको छ। मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित निकायहरूले अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यक परे थप सुरक्षा तथा उद्धार तयारी सक्रिय गरिने जनाएका छन्।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.