बिहीबार, कार्तिक १२,२०८३ 05:33:32
  • बिहीबार, कार्तिक १२,२०८३ 05:33:32
Global IME Bank Limited

सडक निर्माणमा अब अलकत्राभन्दा स्वदेशी सिमेन्टलाई प्राथमिकता, ११ अर्ब विदेशी मुद्रा जोगिने दाबी

Bizshala
सडक निर्माणमा अब अलकत्राभन्दा स्वदेशी सिमेन्टलाई प्राथमिकता, ११ अर्ब विदेशी मुद्रा जोगिने दाबी
New Office

काठमाण्डौ । सरकारले अब निर्माण हुने सडकमा आयातित अलकत्रा अर्थात् बिटुमिनको सट्टा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडकलाई प्राथमिकता दिने बाटो खुला गरेको छ।

मन्त्रिपरिषद्बाट स्वीकृत ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी निर्देशिका’ अनुसार सार्वजनिक सडक निर्माणमा स्वदेशी उत्पादनको प्रयोग बढाइनेछ। यसअन्तर्गत विदेशी बिटुमिनको विकल्पमा स्वदेशी सिमेन्ट प्रयोग गरेर कङ्क्रिट सडक निर्माणलाई प्राथमिकता दिइने व्यवस्था गरिएको हो।

सरकारले यो नीतिबाट एकातिर स्वदेशी सिमेन्ट उद्योगको खपत बढ्ने र अर्कोतिर बिटुमिन आयातमा खर्च हुने ठूलो परिमाणको विदेशी मुद्रा बचत हुने अपेक्षा गरेको छ।

सरकारी आकलनअनुसार यसबाट वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिन सक्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार कङ्क्रिट सडकको प्रारम्भिक निर्माण लागत कालोपत्रे सडकभन्दा केही बढी हुन सक्छ। तर यसको टिकाउ अवधि भने अलकत्रा प्रयोग गरिएको सडकभन्दा धेरै हुने बताइएको छ।

महासङ्घका अनुसार कङ्क्रिट सडकको आयु कालोपत्रे सडकको तुलनामा तीन गुणासम्म बढी हुन सक्छ।

राष्ट्रिय योजना आयोगले समेत नयाँ प्रविधिको प्रयोगमार्फत कङ्क्रिट सडकलाई दीर्घकालीन विकल्पका रूपमा अघि बढाउन सकिने बताउँदै आएको छ।

‘रोलर कम्प्याक्टेड कङ्क्रिट’ प्रविधि प्रयोग गर्दा फलामे छडविना नै २५ वर्षभन्दा बढी टिक्ने सडक बनाउन सकिने उल्लेख गरिएको छ।

Garima Development Bank
Bizshala
IME remit

विशेषगरी हिमाली तथा चिसो क्षेत्रमा तापक्रम, वर्षा र हिउँका कारण कालोपत्रे सडक छिट्टै बिग्रिने समस्या हुने भएकाले कङ्क्रिट सडक प्रभावकारी विकल्प बन्न सक्ने विज्ञहरूको भनाइ छ।

यद्यपि कङ्क्रिट सडकमा सवारीसाधनको टायर तुलनात्मक रूपमा बढी खिइने समस्या देखिन सक्छ। माथिल्लो सतहमा हल्का कालोपत्रे तह थपेर यस्तो समस्या न्यूनीकरण गर्न सकिने विज्ञहरूले बताएका छन्।

सरकारको यो निर्णय कार्यान्वयनमा आए स्वदेशी सिमेन्टको आन्तरिक माग बढ्नुका साथै आयात प्रतिस्थापन र पूर्वाधारको टिकाउपनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.