आईतवार, कार्तिक १५,२०८३ 01:06:33
  • आईतवार, कार्तिक १५,२०८३ 01:06:33
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६.१२ रुपैयाँ

Bizshala
मुक्तिनाथ विकास बैंकको नाफा ४३.४४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १६.१२ रुपैयाँ
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४३.४४ प्रतिशतले बढाएको छ। ब्याज खर्चमा आएको कमी तथा शुल्क र कमिसन आम्दानीमा भएको वृद्धिसँगै कर्जा नोक्सानीबापतको खर्च उल्लेख्य घट्दा बैंकको नाफामा सुधार आएको हो। 

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको यस्तो नाफा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ थियो। एक वर्षको अन्तरमा त्रैमासिक नाफा ९ करोड ७६ लाख ५० हजार रुपैयाँले बढेको हो।

नाफा बढेसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा थियो। बैंकको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।

बैंकको खुद ब्याज आम्दानी भने नाफाको तुलनामा सामान्य दरले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी यसपालि २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। कुल ब्याज आम्दानी घटे पनि ब्याज खर्च अझ तीव्र दरले घट्दा खुद ब्याज आम्दानीमा सुधार सम्भव भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी १०.२५ प्रतिशतले घटेर २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ। तर ब्याज खर्च २०.९१ प्रतिशतले घटेर १ अर्ब १४ करोड ३ लाख रुपैयाँमा झरेको छ। कोषको लागतसमेत अघिल्लो वर्षको यही अवधिको ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशत कायम भएको छ।

नाफा वृद्धिमा सबैभन्दा ठूलो योगदान कर्जा तथा अन्य सम्भावित नोक्सानीबापतको खर्च घट्नुको देखिन्छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यो शीर्षकमा ५४ करोड ११ लाख ६७ हजार रुपैयाँ खर्च गरेको बैंकले यसपालि १३ करोड ५४ लाख ५४ हजार रुपैयाँ खर्च लेखेको छ। यस्तो खर्च ७४.९७ प्रतिशत अर्थात् ४० करोड ५७ लाख रुपैयाँभन्दा बढीले घटेको हो।

कर्जा नोक्सानीबापतको खर्च घटेका बेला खराब कर्जाको अनुपात भने बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ४.०३ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात यसपालि ४.७३ प्रतिशत पुगेको छ। खुद निष्क्रिय कर्जा अनुपात पनि १.३२ प्रतिशतबाट बढेर २.१९ प्रतिशत भएको छ। 

असोज मसान्तसम्म बैंकको कुल सञ्चित वितरणयोग्य नाफा ६१ करोड ५६ लाख ६ हजार रुपैयाँ सकारात्मक छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ थियो। यसरी सञ्चित वितरणयोग्य नाफा वार्षिक तुलनामा ४९.७४ प्रतिशतले घटेको छ। प्रतिसेयर वितरणयोग्य नाफा पनि १५ रुपैयाँ ३१ पैसाबाट ७ रुपैयाँ ६९ पैसामा झरेको छ।

Garima Development Bank
Bizshala
IME remit

चालु त्रैमासमा नियामकीय समायोजनपछिको वितरणयोग्य नाफा ६ करोड १ लाख ५० हजार रुपैयाँ ऋणात्मक छ। आर्थिक वर्षको सुरुवातमा रहेको ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ सञ्चित रकमबाट उक्त घाटा घटाउँदा असोज मसान्तमा ६१ करोड ५६ लाख रुपैयाँ बाँकी रहेको हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा भने त्यस अवधिको वितरणयोग्य नाफा १२ करोड ९१ लाख ९८ हजार रुपैयाँ ऋणात्मक थियो।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप गत असार मसान्तको तुलनामा २.२० प्रतिशतले बढेर करिब १ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। ग्राहकलाई प्रवाह गरिएको कर्जाको वित्तीय विवरणमा देखाइएको रकम ४.९४ प्रतिशतले बढेर करिब १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्ति पनि २.२४ प्रतिशतले बढेर करिब १ खर्ब ४४ अर्ब २२ करोड रुपैयाँ भएको छ।

बैंकको आधार दर ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशतमा आएको छ भने ब्याजदर अन्तर ४.५९ प्रतिशतबाट ४.३८ प्रतिशतमा झरेको छ। पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८४.०५ प्रतिशत रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.