आईतवार, कार्तिक १५,२०८३ 02:16:53
  • आईतवार, कार्तिक १५,२०८३ 02:16:53
Global IME Bank Limited

साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो

Bizshala
साना किसानको नाफा २० प्रतिशत घट्यो, ब्याज आम्दानीसँगै कर्जा लगानी पनि खुम्चियो
New Office

 

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा आएको गिरावटले नाफा प्रभावित भएको हो। संस्थाले सञ्चालन खर्च घटाए पनि आम्दानीमा आएको कमी पूर्ति गर्न सकेको छैन।

संस्थाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १८ करोड ३६ लाख १५ हजार रुपैयाँ खुद नाफा भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा संस्थाले २२ करोड ८४ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा खुद नाफा १९.६४ प्रतिशत अर्थात् करिब ४ करोड ४८ लाख रुपैयाँले घटेको छ।

संस्थाको खुद ब्याज आम्दानी २०.२५ प्रतिशतले घटेर २७ करोड २५ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३४ करोड १७ लाख १३ हजार रुपैयाँ थियो। कुल ब्याज आम्दानी १४.७९ प्रतिशतले घट्दा ब्याज खर्च भने ६.५० प्रतिशतले मात्रै घटेकाले खुद ब्याज आम्दानीमा थप दबाब परेको देखिन्छ।

मुख्य व्यवसायका रूपमा रहेको लघुवित्त तथा सहकारी संस्थातर्फको कर्जा मौज्दातसमेत घटेको छ। गत असार मसान्तमा ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ रहेको यस्तो खुद कर्जा असोज मसान्तमा ३३ अर्ब ३ करोड ५० लाख रुपैयाँमा झरेको छ। तीन महिनामा यो कर्जा मौज्दात ६.६६ प्रतिशत अर्थात् करिब २ अर्ब ३५ करोड ७९ लाख रुपैयाँले घटेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

चालु त्रैमासमा ८ करोड ७० लाख १५ हजार रुपैयाँ आम्दानीमा थपिएको छ। अघिल्लो वर्ष यस्तो रकम ८ करोड १ लाख ३४ हजार रुपैयाँ थियो। रिभर्सल बढे पनि खुद सञ्चालन आम्दानी १४.७७ प्रतिशतले घटेर ३५ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ।

 संस्थाको वितरणयोग्य नाफा १२ करोड ८५ लाख ३० हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा १५ करोड ७६ लाख ६३ हजार रुपैयाँ थियो। त्रैमासिक वितरणयोग्य नाफामा १८.४८ प्रतिशतको गिरावट आएको हो।

अघिल्लो अवधिबाट सरेर आएको नाफासहित असोज मसान्तमा कुल सञ्चित वितरणयोग्य रकम भने १ अर्ब ७७ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम १ अर्ब ९९ करोड ७८ लाख रुपैयाँ थियो। वार्षिक तुलनामा सञ्चित वितरणयोग्य रकम ११.०५ प्रतिशतले घटेको छ। तर गत असार मसान्तमा रहेको १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ मौज्दातमा चालु त्रैमासको कमाइ थपिएकाले यस आर्थिक वर्षको सुरुको तुलनामा भने रकम बढेको छ।

Garima Development Bank
Bizshala
IME remit

कर्जाको गुणस्तरतर्फ निष्क्रिय कर्जा अनुपात अघिल्लो वर्षको पहिलो त्रैमासको ३.०७ प्रतिशतबाट सामान्य बढेर ३.१९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको तुलनामा कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात भने १५१.४२ प्रतिशतबाट घटेर १३३.२३ प्रतिशत कायम भएको छ। पुँजी पर्याप्तता अनुपात पनि १८.२० प्रतिशतबाट घटेर १७.१४ प्रतिशतमा झरेको छ।

संस्थाको कोषको लागत २.९० प्रतिशतबाट घटेर २.६७ प्रतिशतमा आएको छ। आधार दर पनि ३.७४ प्रतिशतबाट घटेर ३.४९ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर भने ३.५५ प्रतिशतबाट साँघुरिएर २.७३ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तरमा आएको यो कमीले मुख्य व्यवसायबाट हुने कमाइमा दबाब रहेको देखाउँछ।

स्रोत परिचालनतर्फ गत असार मसान्तको तुलनामा निक्षेप २.६९ प्रतिशतले बढेर ६ अर्ब ८० करोड ४८ लाख रुपैयाँ पुगेको छ। सरकारबाट लिएको सापटी पनि ३.७९ प्रतिशतले बढेर २० अर्ब ५० करोड ३५ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा नगद तथा नगदसरहको मौज्दात ३ अर्ब ५८ करोड रुपैयाँबाट बढेर ५ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ।

४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २१.१९ रुपैयाँबाट घटेर १४.९१ रुपैयाँ कायम भएको छ। प्रतिसेयर नेटवर्थ २२५.२४ रुपैयाँ रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.