काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफामा भारी गिरावट आएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४२ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ६८ प्रतिशतले घटेको छ।
कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ। समीक्षा अवधिमा सञ्चालनबाट २ अर्ब २० करोड ४४ लाख रुपैयाँ आम्दानी भएको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ थियो। सञ्चालन आम्दानी करिब ११.६ प्रतिशतले बढेको हो।
तर बिक्री लागत उच्च हुँदा कम्पनीको कुल नाफा भने उल्लेख्य घटेको छ। समीक्षा अवधिमा कुल नाफा २८ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ६१ करोड २६ लाख रुपैयाँ थियो।
कम्पनीको करअघिको नाफा पनि ३९ करोड ६९ लाख रुपैयाँबाट घटेर १२ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १७ अर्ब ६० करोड ६३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल इक्विटी १० अर्ब ४६ करोड ६१ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी ५ अर्ब २२ करोड ४३ लाख रुपैयाँ छ।
सर्वोत्तम सिमेन्टको वार्षिकीकृत प्रतिसेयर आम्दानी ७.९८ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ २००.३८ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३६.०७ रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।