काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनाइटेड इदी मर्दि आरबी हाईड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा युनाइटेड इदी मर्दिको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता गरी कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मदिले गत आवका लागि आफ्ना सेयरधनीहरुका लाािग ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.७७९ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
समता घरेलु लघुवित्त पनि गत आवका लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)घोषणा गरेको थियो ।
नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि दुवै कम्पनीका बोनस सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछ ।