शनिबार, असार १४,२०८२ 05:29:04
  • शनिबार, असार १४,२०८२ 05:29:04
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Hyundai Nepal
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा सफ्टवेयरसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा द्रुत बजार विश्लेषणसम्बन्धी सफ्टवेयरको उद्योग प्रतिष्ठानका मानव संसाधन विभागका प्रमुखहरूलाई प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि निर्माण गरिएको उक्त सफ्टवेयरको प्रयोगका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।  

कार्यक्रममा प्रगति टेक्सटाइल प्रणालीका प्रबन्धक प्रदीप निरौलाले उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार सफ्वेयरको निर्माण गर्नुपर्ने बताए । न्यूरो हस्पिटलका व्यवस्थापक नारायण विशुंखेले व्यक्तिगत सूचनाको संरक्षण हुनुपर्ने बताए भने कम्पनी बाहेक जागिरको खोजिमा भएका व्यक्तिले पनि उक्त सफ्टवेयर प्रयोगमा ल्याउन पाउने÷नपाउने प्रावधान बारेमा प्रश्न रहेको छ । उपहार फिड्सका हिमालय घिमिरेले सफ्टवेरमा रोजगार सम्बन्धी अपडेट भएका तथ्यांकहरु म्याद अवधी कतिन्जेल सम्मको रहनेबारे जानकारी हुनुपर्ने उल्लेख गरे ।  

त्यस्तै, सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले यस सफ्टवेयरलाई जब बैंकको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । अरिहन्त मल्टिफाईबर्सका नारायण प्रसाद लामिछानेले यस सफ्टवेयरलाई मोबाईल एप्लिकेशन मार्फतबाट पनि प्रयोगमा ल्याउन सके अझ प्रभावकारी हुने सुझाव दिए ।

CG Motors
Muktinath Bikas Bank Limited

समृद्धि हेल्भेटासका कार्यक्रम अधिकृत पोषराज निरौलाले यस सफ्टवेरले नेपाल सरकार, नीजि क्षेत्रका सरोकारवालाहरु, रोगजारदाता निकाय र रोजगारका खोजीमा रहेकाहरुलाई जोडने पुलको काम गर्ने बताए । खुला छलफलमा उठेका विषयवस्तुहरुको सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले उद्योग प्रतिष्ठानहरुमा जनशक्ति व्यवस्थापनको माग र आपुर्तिमा रहेको बेमेललाई यस सफ्टवेयरले सम्बोधन गर्ने बताउदै श्रम बजार सम्बन्धमा नीतिगत पैरवीको लागि तथ्यांकहरुहको उपलब्ध नभई रहेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघ कोशीले यो प्रयास थालेको बताए ।

कोशी औद्योगिक कोरिडोरका करिब ५० जना मानव संशाशधन विभागहरुको प्रमुखहरुको उपस्थिती रहेको यस कार्यशाला गोष्ठीमा सुक्तास इन्कर्पोरेशन कम्पनीका तर्फबाट चिरण श्रेष्ठले सफ्टवेयरको बारेमा जानकारी गराउनु भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.