मंगलवार, आश्विन २७,२०८३ 05:44:44
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:44:44
Bizshala
Global IME Bank Limited

नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेण्डा

Bizshala
नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको नवौं वार्षिक साधारण सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा आयोजना हुन लागेको हो ।  

गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको थियो।  

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। सभामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च अनुमोदन गरिनुका साथै कम्पनीको प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक आवश्यक कार्य गर्न सञ्चालक समितिलाई  पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।    

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उक्त सभामा आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

यसैगरी नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले गत जेठ ६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन योग्य  हुनेछन्। 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X