शनिबार, असार १४,२०८२ 12:25:51
  • शनिबार, असार १४,२०८२ 12:25:51
Global IME Bank Limited

नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस, ७ वटा कम्पनीको खस्कियो प्रथम बीमा शुल्क आर्जन

Hyundai Nepal
नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस, ७ वटा कम्पनीको खस्कियो प्रथम बीमा शुल्क आर्जन
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्षको तुलनामा प्रथम बीमा शुल्क आर्जन ३.८८ प्रतिशतले मात्रै वृद्धि गरेका छन् ।  

जीवन बीमकहरुले नयाँ व्यवसायमार्फत चालु आर्थिक वर्षको १० महिनासम्म २४ अर्ब २३ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा सामान्य मात्रै वृद्धि हो । गत वर्षको सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत २३ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।  

चालु आवको १० महिनासम्ममा ७ वटा कम्पनीको नयाँ व्यसाय अर्थात् प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुनलामा खस्किएको छ भने ६ वटा कम्पनीले भने बढाएका छन् ।  

गत वर्ष आर्थिक मन्दीको समयका वाबजुत पनि जीवन बीमकहरुबाट २३ अर्ब रुपैयाँ भन्दा बढी नयाँ व्यवसाय भित्रिएको थियो । देशको अर्थतन्त्रमा क्रमिक सुधार देखिदै गएपनि जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनमा भने खासै सुधार देखिएको छैन ।  

जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले देशको अर्थतन्त्र सुधार हुँदै गएसँगै जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय समेत सुधारिँदै जाने बताएका थिए । दोस्रो त्रैमाससम्मको रिर्पोटअनुसार जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय गत वर्षको तुलनामा खस्किएको थियो ।  

नेपालको अर्थतन्त्रमा सकारात्मक परिवर्तन भएसँगै रोजगारको अवसर सिर्जना हुने, बन्द भएका सटरहरु सञ्चालनमा आउने र विभिन्न घरेलु तथा मझौला उद्योग र कोभिडपछि बन्द भएका व्यवसायहरु धमाधम सञ्चालनमा आएसँगै जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा पनि ग्रोथ हुने पौडेलले बताएका थिए ।  

तर चालु आवको १० महिनासम्म आइपुग्दा गत वर्षको तुलनामा आधा भन्दा बढी जीवन बीमा कम्पनीको नयाँ व्यवसाय खस्किन पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार देशको आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् । प्राधिकरणले बीमाको दायरा जनसंख्या प्रतिशत बढाउन विभिन्न स्थानीय निकायहरुको समन्वयमा बीमा सचेतना कार्यक्रम गरेपनि न त बीमाको दायरा बढ्न सक्यो न जीवन बीमा कम्पनीको नयाँ व्यवसाय नै ।  

जीवन बीमक संघका अध्यक्ष पौडेलले अर्थतन्त्रमा सुधार देखिएपनि जीवन बीमकहरुको नयाँ व्यवसाय अर्थात प्रथम बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिन समय लाग्ने बताएका छन् । उद्योग तथा बन्द भएका कम्पनीहरु सञ्चालनमा आएपनि पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसक्दा बीमा गर्नेको संख्या वृद्धि हुन नसकेको पौडेलको भनाई छ ।  

चालु आवको वैशाख मसान्तसम्म सबैभन्दा बढी नयाँ व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ नै अघि छ । कम्पनीले सो अवधिसम्म ५ अर्ब ४२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै नेशनल लाइफले पनि सो अवधिसम्म ४३ अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर दोस्रो स्थान कायम गर्न सफल भएको छ । यता हिमालयन लाइफले पनि १ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेर तेस्रो स्थान हासिल गरेको छ ।  

७ वटा कम्पनीको खस्कियो व्यवसाय  

गत वर्षको तुलनामा सर्वाधिक नयाँ व्यवसाय घट्ने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । गत वर्षको सो अवधिसम्म ८४ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको सो कम्पनीको चालु आवको सो अवधिसम्म ४४.२७ प्रतिशतले घटेर ४७ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, सन नेपाल लाइफको पनि २०.४१ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ । यसका साथै प्रभु महालक्ष्मी लाइफको १६.७१ प्रतिशत, सुर्यज्योति लाइफको १३.६५ प्रतिशत, एलआइसी नेपालको ६.६० प्रतिशत, हिमालयन लाइफको २.४५ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.५५ प्रतिशतले घटेको छ ।  

नयाँ व्यवसाय बढाउन नेशनल र नेपाल लाइफ खप्पिस

गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु आर्थिक वर्षमा ६ वटा कम्पनीले भने नयाँ व्यवसाय बढाएका छन् । सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सले २९.१४ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएको छ । गत वर्षको वैशाखसम्म २ अर्ब ८८ करोड रुपैयाँ नयाँ व्यवसायमार्फत बीमा शुल्क संकलन गरेको यस कम्पनीले चालु आवको वैशाखसम्म ३ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  

यसका साथै नेपाल लाइफले पनि २०.६७ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ । त्यस्तै, एशियन लाइफले १६.७८, आइएमई लाइफले ११.४६ प्रतिशत, मेट लाइफले ५.८१ प्रतिशत, सिटिजन लाइफले २.०१ प्रतिशत र सानिमा रिलायन्स लाइफले ०.५६ प्रतिशतले नयाँ व्यवसाय बढाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.