काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले २० मेगावाटको अपर सेती हाईड्रो परियोजनामा लगानी गर्ने भएको छ । यसका लागि बैंकले अपर सेती हाईड्रो प्रालिसँग माघ १२ गते सम्झौता गरेको छ ।
सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।
अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो ।
यस्तै २०८० आश्विन १० गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेकोे छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिठित व्यापारिक घराना के.सी. ग्रुप रहेको छ ।
सो परियोजना निमार्णको लागिलक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ३.०२ अर्ब रहेको छ ।
२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चातवार्षिक करिव ११३.५१ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीकोपोर्टफोलियोमाअझसुदृढ हुँदैलक्ष्मी सन्राइज बैंकको हरित ऊर्जा प्रवद्र्धनप्रतिनिरन्तर प्रतिबद्धतालाई जोड दिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।