बिहीबार, बैशाख ३१,२०८३ 01:53:59
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:53:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने

Laxmi Sunrise Bank Limited
एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट खाता खोल्दा वा नविकरण गर्दा ५५% छुट पाउने
Shivam Cement

काठमाण्डौ । एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झटबाट मुक्तभई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् ।

यस सहकार्यका लागि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासासेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले सोमबार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।  

समझदारीका अनुसार, एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरुले नासामा डिम्याट खाता खोल्दा र नविकरण गर्दा ५५ प्रतिशत छुट पाउन सक्छन् । पहिलो पटक डिम्याट खाता खोल्न रु १०० र मेरोसेयरमा दर्ता हुनका लागि रु ५० लाग्ने गरेको छ । यसरी कुल रु १५० को काम ५५ प्रतिशत छुटले गर्दा रु ६७.५० मा नै गर्न सकिन्छ ।

एनसेल एपको माध्यमबाट ग्राहकहरुले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, शेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नविकरण गर्नेलगायत केही समस्या र जिज्ञासाहरु भए राख्न सक्नेछन् ।

Bizshala
New Office
CG Motors

‘एनसेलले देशको अर्थतन्त्रमा सुधार ल्याउन र डिजिटल नेपालको परिकल्पनालाई साकार पार्नका लागि योगदान पु¥याउन हाम्रा ग्राहकहरूलाई बेस्ट युज्ड केसहरू उपलब्ध गराउन हामी तत्पर छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक कायुमोभले भने । आम उपभोक्तालाई प्रविधिमा पहुँच सहज बनाउन एनसेलले ‘सधैं अन’ अभियान सञ्चालन गरिरहेको बेलामा सेयर कारोबारलाई डिजिटलाइज्ड बनाउन योगदान गर्ने यो कार्यमा नासा सेक्युरिटिजसँग सहकार्य गर्न पाएकोमा आफूहरुउत्साहीत रहेको उनले बताए ।

एनसेल एपका माध्यमबाट विदेशमा रहेका नेपालीले पनि आफ्नो डिम्याट खाता खोलि सेयरमा लगानी गर्न सक्नेछन्। ‘नासा अब एनसेल एपमा, ५५ प्रतिशत छुट हरेक नयाँ खाता र नविकरणमा’ भन्ने नाराका साथ शुरु भएको यस सहकार्यबाट एनसेलका सिम कार्ड प्रयोगकर्ताहरूलाई अनलाईन सेयर कारोबारमा सहयोग पुग्ने नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.