शनिबार, असार १४,२०८२ 06:11:54
  • शनिबार, असार १४,२०८२ 06:11:54
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति सम्बन्धमा महासंघका वस्तुगत संघहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल अलैची व्यवसायी महासंघ र चिया उत्पादक संघ सँगको झापाको बिर्तामोडमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणि पोखरेलले गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारका पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले रणनीतिको खाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा महासंघ उपाध्यक्ष कुमारमणि पोखरेलले कोशी प्रदेशका कृषि उपजहरूले नेपालको निर्यातमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै, पहिचान भएका प्रदेशका निर्यात योग्य कृषि उपजहरू लक्षित रणनीति निर्माणले आर्थिक विकासमा योगदान पुग्ने बताए । कार्यक्रमको खुला छलफलमा भाग लिँदै नेपाल अलैची व्यवसायी महासंघका अनिल ढुङ्गानाले अलैची  निर्यात समिति र अलैची अनुसन्धानको लागि सूचना केन्द्रको आवश्यकता औल्याए । 

CG Motors
Muktinath Bikas Bank Limited

चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले कोशी प्रदेशका प्रमुख निर्यात वस्तु चिया र अलैची रहेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ ले यसको प्रवर्धनमा के योगदान गरेको छ भनी प्रश्न गरे । स्वदेशी उद्योगहरू धरायसी बनिरहेको अवस्थामा महासंघले यसलाई जोगाउन भूमिका खेल्नुपर्ने उनले बताए ।

व्यवसायी ओम कृष्ण ज्ञवालीले खुल्ला आयातलाई रोक्नुपर्ने बताउँदै कृषि व्यापार प्रवर्द्धनको लागि नीति निर्माणमा सरकार कमजोर रहेको  बताउँदै तथ्यमा आधारित नीति रणनीति निर्माणले मात्र कृषि व्यापार प्रवर्द्धन गर्ने बताए । चिया व्यवसायी गोपाल दाहालले विश्व बजारमा अर्गानिक चियाको राम्रो बजार रहेको बताउँदै अर्गानिक प्रमाणीकरण प्रक्रियामा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए  ।  

अलैची व्यवसायी पार्वता खरेलले कृषि व्यापार रणनीतिले किसानका समस्यालाई सम्बोधन गर्नुपर्ने बताउँदै वेयरहाउस रिसिप्टको आवश्यकता औल्याए ।  

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले महासंघले कृषि व्यापार प्रवर्द्धनको लागि राज्यसँग सहजीकरण गरीरहेको जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.