शुक्रबार, मंसिर ७,२०८१ 02:58:24
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 02:58:24
IME remit
Global IME Bank Limited

बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरु, सुझाव संकलनलाई निरन्तर अघि बढाइनेछःअध्यक्ष सिलवाल

Hyundai Nepal
बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल सुरु, सुझाव संकलनलाई निरन्तर अघि बढाइनेछःअध्यक्ष सिलवाल
Nabil Bank Limited

काठमाण्डौ । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सूचना केन्द्र स्थापनाका लागि प्रारम्भिक चरणको छलफल शुरु भएको र सुझाव सङ्कलनलाई सघनताका साथ निरन्तर रूपमा अगाडि बढाइने  बताएका  छन् । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाण्डौमा आयोजना भएको बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, ‘नागरिकको जीवन, सम्पत्ति र राष्ट्रिय सम्पत्तिको सुरक्षण गर्न आवश्यक सूचना प्राप्त गर्ने किसिमले बीमा सूचना केन्द्र स्थापनाका लागि सुझावहरू सङ्कलन गर्न शुरु गरिएको छ, केन्द्रको स्थापनाबाट सरकारी निकाय, समग्र बीमाबजार र नागरिकलाई फाइदा पुग्नेछ ।’

केन्द्रले सम्बोधन गर्नुपर्ने क्षेत्र, केन्द्रित हुनुपर्ने विषय र सरकारी निकायहरुसँगको आवद्धता लगायतका विषयमा कार्यक्रमबाट ठोस सुझावहरू प्राप्त हुने अपेक्षा गर्दै सिलवालले भने, ‘कार्यक्रमहरूबाट प्राप्त हुने सुझावहरूका आधारमा केन्द्रको स्थापनाको कार्य अगाडि बढाइने छ, विपद् व्यवस्थापनलाई समेत अङ्गकै रुपमा लिइनेछ, स्वदेशी विज्ञलाई प्रोत्साहित गरिनेछ ।’

नेपाल बीमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिल देव ओलीले बीमा सूचना केन्द्रको स्थापनाबाट बीमा सम्बन्धी सूचनालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन तथा बीमाका समग्र गतिविधिलाई सक्रियरूपले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जोखिम र बीमा एउटै सिक्काका दुई पाटा भएकाले बीमा सूचना केन्द्र स्थापना गर्दा जोखिमको पाटोलाई पनि सँगसँगै लानुपर्ने र केन्द्र नेपाली मोडेलको हुनुपर्ने विचार व्यक्त गरे  ।

Bizshala
Shivam Cement
CG Motors

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा सूचना केन्द्रको स्थापनालाई सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाल बीमाप्राधिकरणका निर्देशक सुशीलदेव सुवेदील ेबीमा सूचना केन्द्रको प्रारम्भिक खाका प्रस्तुत गर्दै बीमामा हुने बदमासी, जालसाजी, कीर्ते र दोहोपनालाई नियन्त्रण गर्न केन्द्रको स्थापना आवश्यक भएको औंल्याए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारबाट बीमा नियमावली स्वीकृत भई कार्यान्वयनमा आएपछि बीमा सूचना केन्द्र स्थापनाको कार्य अगाडि बढाउन प्रारम्भिक खाका तयार गरी सुझावहरू सङ्कलन गर्न शुरु गरिएको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले स्थापना हुन लागेको बीमा सूचना केन्द्रमा अनलाइन माध्यमबाट सूचना सङ्कलन गर्ने र बीमकहरूका सूचनालाई एकीकृत गर्ने व्यवस्था हुनुपर्ने, सूचना प्रमाणीकरणका लागि प्राविधिक समितिको व्यवस्था गर्नुपर्ने, सरकारी सूचना प्रणालीसँग आवद्ध गर्नुपर्ने,मुलुकको सङ्घीय संरचना अनुरुपको हुनुपर्ने, सूचनाको दायरा निक्र्यौल गर्नुपर्ने, बीमामा सुशासन, ग्राहक पहिचान र सूचना प्रविधिको प्रयोगलाई समेट्नुपर्ने लगायतका सुझावहरू दिएका थिए ।

बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी निकाय, नेपालस्थित अन्तर्राष्ट्रिय निकाय, विश्वविद्यालय, बीमक, पेशागत बीमा अभिकर्ता सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घबाट राय सुझावहरू लिने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.