आईतवार, भाद्र २३,२०८१ 07:37:10
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:37:10
IME remit
Global IME Bank Limited

‘डिजिटल नेपाल कन्क्लेभ’ सम्पन्न, डिजिटल नेपालको लागि प्रधानमन्त्रीदेखि केपी ओलीसम्मको प्रतिवद्धता

Hyundai Nepal
‘डिजिटल नेपाल कन्क्लेभ’ सम्पन्न, डिजिटल नेपालको लागि प्रधानमन्त्रीदेखि केपी ओलीसम्मको प्रतिवद्धता
Nabil Bank Limited

 काठमाण्डौ । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाण्डौको म्यारियट होटलमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्रीसहित सरकारमा रहेका मन्त्रि र पुर्व प्रधानमन्त्रीको समेत उपस्थिती संगै विभिन्न सेसनलाइ सम्बोधन गरेका थिए ।  

डिजिटल नेपालको डिजिटलाइजेसन र विकासबिचको समन्वय थिममा केन्द्रित कार्यक्रममा ५ प्यानल सेसन र १० बढि कार्यपत्र प्रस्तुतीहरु भएका थिए । एनसेल, युकेएड, एसिया फाउण्डेसन, स्विस सरकार, युएनडिपी लगायतका सरकारी, गैरसरकारी र निजी कम्पनीहरुको सहयोग तथा सहकार्यमा भएको कार्यक्रम १२ घन्टासम्म सञ्चालन भएको थियो ।  

कार्यक्रममा डिजिटल पब्लिक इन्फास्ट्रक्चर, डिजिटल रुपान्तरणको लागि दिगो दूरसञ्चार, विकासको लागि नविनतम प्रविधिहरु, डिजिटल इम्पावरमेन्ट र एन्क्लुजन, विकासको लागि डिजिटल गभर्नेन्स र डाटा, डिजिटल नेपालको लागि डिजिटल इकोनोमी र लगानीसँगै डिजिटलाइजेसन र विकासको लागि अबको बाटो शीर्षक तथा थिमहरुमा प्रस्तुति र शत्रहरु सञ्चालन भएका थिए । कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री रेखा शर्माको फरक फरक पावर संवाद सेसनहरु सञ्चालन भएका थिए । अर्थमन्त्री वर्षमान पुनले डिजिटल इकोनोमी र बजेटमा आइसिटीको बारेमा सम्बोधन गरेका थिए ।  

कन्क्लेभको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय, सुशासन र आर्थिक सम्वृद्धि हासिल गर्ने मुख्य क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरेर बजेटमा उच्च प्राथमिकता दिएको बताए । ‘सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहकको रूपमा अगाडि बढाउने गरी काम गरिरहेको छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आर्थिक वर्ष २०८१–८२ प्रस्थान विन्दु हुने गरी सूचना प्रविधि दशक घोषणा गरेका छौं । आगामी १० वर्षमा ३० खर्बको निर्यात तथा प्रत्येक्ष ५ लाख र अप्रत्यक्ष १० लाख गरी १५ लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।’  

पछिल्लो समय नेपालमा केही हुँदैन् भन्ने भाष्य स्थापित गर्ने कोसिस भएपनि छोटो समयमा सूचना प्रविधि क्षेत्रमा भएको प्रगतिले आशा जगाएको बताउदै प्रधानमन्त्रीले सूचना प्रविधिको अधितम उपयोग गर्दै विकास र समृद्धिमा अघि बढ्नुपर्ने कुरामा जोड दिए ।  

पावर संवाद विथ नेशनल कि लिडरसिप सेसनमा बोल्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा प्रविधिमैत्री सेवा प्रवाह र पूर्वाधार विकासमा जोड दिएको बताए । ५ वर्षअघि डिजिटल नेपाल फ्रेमवर्क र नागरिक एपजस्ता रुपान्तरणकारी योजनाहरु सुरु भएपनि फेरिएको सरकारले त्यसलाई प्राथमिकता नदिएको ओलीको भनाई छ । डिजिटलाइजेसन, विकास र नीतिगत सुधारमा समन्वय तथा तालमेल हुन नसक्दा नीतिगत विचलन हुने र टिकटक जस्ता सामान्य विषयमा अल्झिनुपर्ने स्थिति आएको ओलीले बताए ।  

एआइ प्रविधिको बारेमा बोल्दै ओलीले भने “प्रविधिसंग हामी डराउने हैन, सदुपयोग गरेर नयाँ सिर्जना र उपलब्धि हासिल गर्ने हो, प्रविधिले जागिर खान्छ भनेर बस्ने हैन नयाँ जागिरको सिर्जना गरि छोटो समयमा अधिकतम फाइदा लिनेगरि काम गर्नेतर्फ अग्रसर हुनुपर्छ” । स्टार्टअप र इन्नोभेसनलाई जोड दिर्दै ओलीले आजको जमानामा सम्पत्ति धरौटी राखेर ऋण दिने नभई आइडिया लगानी गर्नुपर्ने बताए,  त्यसो भएमा पैसा नभएको तर इन्नोभेटिभ मान्छेले केही गर्न सक्छ, असाधारण उपलब्धि पाउन सक्छ ।’

यसैगरी कन्क्लेभको पावर संवाद सेसनमा बोल्दै सञ्चारमन्त्री शर्माले पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उत्साहपूर्ण वातावरण बनेको बताइन् । सरकार, निजी क्षेत्र सबैको सामुहिक प्रयासमा सूचना प्रविधिलाई अगाडि बढाउनुपर्ने मन्त्री शर्माको भनाई छ । त्यसैगरी अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने महत्त्वपूर्ण क्षेत्रको रूपमा सूचना प्रविधिलाई पहिचान गरी रूपान्तरणकारी क्षेत्रमा समावेश गरिएको बताए । ‘आईसीटीको क्षेत्रमा हामी विश्वसँग प्रतिस्पर्धा गर्न सक्छौं । प्रतिस्पर्धा गरि पनि रहेका छौं,’ उनी भन्छन्, ‘अझै यो क्षेत्रलाई प्राथमिकता दिएर तिव्र गतीमा लैजानु पर्छ भन्ने सरकारको निष्कर्ष छ । त्यसै अनुसार बजेटमा कार्यक्रम समावेश गरेका छौं ।’  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कन्क्लेभमा ड्राइभिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट विषयमा लिपफ्रग टेक्नोलोजीका अध्यक्ष हिमाल कर्माचार्यले किनोट प्रस्तुति दिएका थिए । नेपाली आईटी कम्पनीहरू विश्वस्तरीय सेवा दिन सक्षम रहेको बताउँदै कर्माचार्यले राज्यले स्थानीय कम्पनीलाई प्राथमिकता दिनुपर्ने, सानै स्तरबाट भएपनि सुरू गर्नुपर्ने र मोबाइल केन्द्रित सेवामा जोड दिन समेत सुझाव दिएका थिए । यसैगरी आइसिटी फाउण्डेसनका अध्यक्ष राजन लम्सालले स्वागत मन्तब्य राख्दै सरकारले बजेटमा कार्यक्रमहरु ल्याएपनि कार्यान्वयन नहुने समस्याले डिजिटलाइजेसन र विकासको समन्वय हुन नसकिरहेको बताए ।  

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित भएको कन्क्लेभमा सांसद सोभिता गौतम, योजना आयोगका सदस्य डा। रामकुमार फुँयाल, मेयर नरूलाल चौधरी, एनसेलका सिइयो जाब्बोर कायुमोभ,  सिएनआईका अपाध्यक्ष हेमराज ढकाल, आआइडिएसका कार्यकारी निर्देशक डा। विश्वास गौचन, राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट, वल्र्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, कर्णाली प्रदेशका पूर्वमन्त्री कृष्ण बहादुर जिसी लगायतका विशिष्ट व्यक्तिहरु विभिन्न सेसनमा वक्ताको रुपमा रहेका थिए । कार्यक्रममा कन्क्लेभका प्याट्रनहरु पुूर्वमन्त्री गणेश शाह, आइसिटी विज्ञ मनोहर कुमार भट्टराई, प्रा।डा। सुवर्ण शाक्य, प्रा।डा। मनिष पोखरेल, वीरेन्द्र मिश्र लगायतले विभिन्न सेसनहरुको निष्कर्ष र गनुपर्ने प्रयासहरुको बारेमा आफ्नो धारणा राखेका थिए ।  

कार्यक्रममा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको बारेमा उप(सचिव सुवास ढकाल र एनसीएचएलका सीईओ निलेश प्रधानले कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी डिजिटल गर्भनेन्समा एसिया फाण्डेसन र विद्युतीय सुशासन आयोगका सीईओे दिपेश बिष्टले प्रस्तुतिकरण गरेका थिए । डिजिटल इकोनोमीको बारेमा नास(आइटीका अध्यक्ष रिचन श्रेष्ठको कार्यपत्र प्रस्तुती रहेको थियो । दिगो दूरसञ्चार विकासको सेसनमा एनसेलका विशालमणी उपाध्याय र अधिवक्ता अनुप उप्रेतीको प्रस्तुती थियो।  

यसैगरी, कार्यक्रममा २० बढी डिजिटल इनिसिएटिभहरुको प्रदर्शनी भएको थियो । डिजिटल नेपालको विभिन्न क्षेत्रमा भइरहेका डिजिटल इनिसिएटिभ र प्रविधिहरुको बारेमा १२ आइडियाहरुले पिचिङ समेत गरेका थिए । जियोकृषी, कोइली वित्तीय सेवा, ओडु इन्टरप्राइज डिजिटल हेल्थ, रिरि एआई, एकीकृत नगर प्रणाली, क्यासिफिक स्याटेलाइट, वान पोइन्ट एपिआई म्यानेजमेन्ट, पुमरी नेक्स्टजेन, नागरिक एप, युनडिपीको इ विल्डिङ पर्मिट, वान स्टप सर्भिस डेलिभरी, यार्सा निजी पावर लगायतले आइडिया सेयरिङ गरेका थिए ।  

वर्षको ठूलो प्रविधि सम्मेलनको रुपमा आयोजना भएको कन्क्लेभमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरु, सरोकारवाला, विज्ञ, उद्यमी, स्टार्टअपहरूसहित ५०० बढीको सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा सहभागी र प्रस्तुतीको लागि विभिन्न देशहरुबाट टेक कम्पनीका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।  

कार्यक्रमको इन एसोसिएसन विथ एनसेल, पावर्ड वाईमा द एसिया फाउण्डेसनसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, स्विस सरकार, युनएडिपी, स्मार्टन टेक्नोलोजी, नबिल बैंक, ग्लोवल आइएमई बैंक, इसेवा, इन्फोडेभलपर्र्स, ह्वावे, आईएमई पे, ब्रोडवे, टेक्नोरियो  बिट्सक्राफ्ट लगायतको सहयोग रहेको थियो ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै यसतर्फ फाउण्डेसनले वार्षिक रुपमा डिजिटल नेपाल कनक्लेभ र प्रादेशिक संवाद र कन्क्लेभहरु ऋायोजना गरिरहको छ । डिजिटल इकोसिस्टम र रुपान्तरणको लागि सञ्चालन भएका फाउण्डेसनका गतिविधिले सुधारको प्रयासहरु भइरहेका छन ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X