काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.९९ प्रतिशतले बढी हो ।
अघिल्लो आवमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा२ अर्ब ८४ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३ अर्ब २६ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि ३ अर्ब ५२ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा ९३ करोड ३८ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले ६८ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ भने ६७ हजार १७२ वटा पोलिसी जारी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०३५.६७ रुपैयाँ रहेको छ ।

