शुक्रबार, श्रावण २२,२०८३ 12:39:20
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:39:20
Bizshala
Global IME Bank Limited

सूर्यज्योति लाइफद्वारा १२.८० करोड खुद नाफा आर्जन

सूर्यज्योति लाइफद्वारा १२.८० करोड खुद नाफा आर्जन
New Office

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म १२ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०.९९ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि भएको छ । अघिल्लो आवमा २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको पहिलो त्रैमासमा भने २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवको पहिलो त्रैमासमा२ अर्ब ८४ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ३ अर्ब २६ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । यस्तै कुल आम्दानी पनि ३ अर्ब ५२ करोड रुपैयाँबाट वृद्धि भएर ३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा ९३ करोड ३८ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४२ करोड ५७ लाख रुपैयाँ रहेको छ ।    

कम्पनीले ६८ करोड १६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ भने ६७ हजार १७२ वटा पोलिसी जारी गरेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.७८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.४२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०३५.६७ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.