शनिबार, फाल्गुन १०,२०८१ 09:43:44
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:43:44
IME remit
Global IME Bank Limited

नाफाभन्दा ७ गुणा बढी दायीत्व बोकेको रिलायन्सको आईपीओ यति महङ्गो किन ? बुक बिल्डिङमै चलखेल !

Hyundai Nepal
नाफाभन्दा ७ गुणा बढी दायीत्व बोकेको रिलायन्सको आईपीओ यति महङ्गो किन ? बुक बिल्डिङमै चलखेल !
Nabil Bank Limited

काठमाण्डौं । पछिल्लो समय सेयर बजारमा ६० लाखभन्दा बढी डिम्याट खाता पुगेका छन् । प्राथमिक सेयरमा देशविदेशबाट सेयर  आबेदन दिनेको संख्या दिनहुँ बढ्दो छ । यही आकर्षणका कारण ठूलादेखि साना कम्पनीहरु धमाधम आईपीओमा गइरहेका छन् ।  

हिजोआज मिडियादेखि होटल, उत्पादन तथा प्रशोधन, लगानी लगायतका कम्पनीहरुले विभिन्न वैज्ञानिक भनिएका विधिमार्फत आईपीओ निश्कासन गरिरहेका छन् ।  

सहजै रुपमा पूँजी संकलन हुने भएपछि केही कमजोर वित्तीय विवरण भएका कम्पनी पनि आईपीओ निश्कासनको प्रक्रियामा अगाडि बढेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

पछिल्लो समय कतिपय कम्पनीहरुलाई धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आर्थिक प्रभावमा परेर प्रिमियममा आईपीओ निश्कासनको स्वीकृति दिएका थिए । यो विषय निकै आलोचित भयो ।  

जुन पायो त्यो कम्पनीलाई प्रिमियमा आईपीओ निश्कासन गर्न दिएपछि यो विषयमा चर्को आलोचना पनि भयो । त्यसपछि अझ वैज्ञानिक र परिस्कृत विधिको रुपमा बुक बिल्डिङको मोडल अगाडि सारिएको छ ।  

यो विधिबाट सर्वोत्तम सिमेन्टले आईपीओ निश्कासनको प्रक्रिया सुरु गरिसकेको छ भने अब यही विधिबाट रिलायन्स स्पिनिङ मिल्सले पनि आईपीओ निश्कासन गर्ने तयारी सुरु गरेको छ ।  

रिलायन्स स्पिनिङ मिल्सको सेयरमा संस्थागत लगानीकर्ताहरुले बोलपत्र पेश गरेका छन् । यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा आज यसको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको छ ।  

कटअफ मूल्यमा संस्थागत लगानीकर्ताहरुले अब १० प्रतिशत घटाएर ८२१ रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई रिलायन्सको आईपीओ निश्कासन गर्न पाउनेछन् । यो विधिबाट सेयर हाल्दा अब न्यूनतम ५० कित्ता सेयर भर्न सर्वसाधारणसँग ४१ हजार ५० रुपैयाँ हुनुपर्नेछ ।  

अब पहिलाजस्तो १००० रुपैयाँ साथमा हुनेले आईपीओ भर्ने अवस्था रहनेछैन ।  

बजारमा केही लगानीकर्ताहरुले यो कम्पनीको सेयरमूल्य बुक विल्डिङ विधिबाट आउँदा पनि योग्य संस्थागत लगानीकर्ताहरुबीच नै मिलेमतो हुनसक्ने आशंका गरेका छन् ।  

देशमा हाल योग्य संस्थागत लगानीकर्ताहरुको संख्या १७० हाराहारीमा रहेको छ । मूल्य बिड गर्ने क्रममा थोरै मात्र संस्थागत लगानीकर्ताको सहभागिता हुने गर्छ । थोरै संख्याका योग्य संस्थागत लगानीकर्ताहरुले चाहेमा जुनसुकै कम्पनीको आईपीओ मूल्यमा चलखेल गर्नसक्ने एक जानकार बताउँछन् ।  

‘संस्थागत लगानीकर्ताको संख्या कम्तीमा ५०० जति हुनुपथ्र्यो, अनि मात्र चलखेल गर्न गाह्रो पथ्र्यो ।’ लामो समयदेखि बजारका जानकार समेत रहेका र हाल बजारसँग सम्बन्धित सरकारी निकायमै उपल्लो स्तरमा रहेका एक अधिकारीले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने–‘रिलायन्सको कटअफ मूल्य हेर्दा त चलखेल नै भएको देखिन्छ । सबै बुक विल्डिङ सबैभन्दा वैज्ञानिक विधि भनिरहेका छन्, तर यही विधिमा राम्रै चलखेल भइरहेको छ ।’  

ती अधिकारीका अनुसार रिलायन्सको गत आर्थिक वर्ष(079-80)को असारसम्मको वित्तीय विवरणमा कुल दायीत्व(ऋण) मात्र ७ अर्ब १५ करोडभन्दा बढी रहेको छ । आर्थिक वर्ष ०७८-७९ मा कम्पनीको कुल दायीत्व ३ अर्ब ९९ करोड मात्र थियो ।  

खूद नाफा निकै राम्रो रहे पनि त्योभन्दा धेरै नै बढी दायीत्व समेत रहेकोले लगानीकर्ताहरुले उच्च प्रतिफल पाउने अवस्था क्रमशः घट्नसक्छ । फेरि कम्पनीको आम्दानी घट्दो, खर्च बढ्दो, ऋण बढ्दो र रिटर्न पनि खस्कदो देखिन्छ ।  

यो कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । ९२ करोड ७८ लाख खूद नाफा रहेको छ । गत आर्थिक वर्षको इपीएस ५४ रुपैयाँ ३४ पैसा रहेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरण राम्रो रहे पनि त्यसको ठीक अघिल्लो वर्षको अवस्था भन्दा खस्किएको देखिन्छ । त्यस वर्ष कम्पनीको खूद नाफा १ अर्ब ४ करोड बढी थियो । इपीएस ६१ रुपैयाँ १२ पैसा थियो ।  

ती दुई आर्थिक वर्षबीच तुलना गर्दा कम्पनीको आम्दानी अघिल्लोको तुलनामा घटेको छ भने खर्च चाहिँ बढ्ने ट्रेण्डमा देखिन्छ ।

मिश्रित प्रतिक्रिया  

सेयर बजारका अन्य अगुवा र जानकार भने बुक बिल्डिङ विधिलाई वैज्ञानिक भन्दै यहीमार्फत आईपीओ निश्कासनको प्रक्रियालाई अन्यको हकमा पनि अगाडि बढाउनुपर्ने तर्क गर्छन्।

सेयर बजारका अगुवा लगानीकर्ता केशव कोइराला 40% सेयरमा योग्य संस्थागत लगानीकर्ताहरुले नै लगानी गर्ने भएकोले भनिएजस्तो धेरै चलखेल हुने सम्भावना हुन्न । योग्य संस्थागत लगानीकर्ताहरुले ६ महिना सेयर बेच्न पनि पाउँदैनन् । संस्थागत लगानीकर्तााहरुले हचुवाको भरमा लगानी नगर्ने भएका कारण रिलायन्सको हकमा शंका गर्ने ठाउँ नरहेको उनको विचार छ ।  

ग्लोबल आईएमई क्यापिटलका पूर्व प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल पनि बुक विल्डिङ विधि प्रिमियमभन्दा बैज्ञानिक रहेको दाबी गरे । ‘यसमा पूर्ण रुपमा आधारभुत विषय बुझ्न मिल्छ ।’ ढकालले भने–‘नेपालमा अहिले एकसय ७० भन्दा बढी योग्य संस्थागत लगानीकर्ता  छन् । जसमा ६८ कम्पनीहरु समाबेश भएको यो विधि सबैभन्दा बैज्ञानिक देखिन्छ ।’

उनले मुक्तिनाथ कृषि कम्पनी तथा नेपाल रिपब्लिक मिडियाको उदाहरण दिँदै सेयरको मूल्य बजारले निर्धारण गर्ने बताए ।  

नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी पनि बुक विल्डिङ विधिबाट आईपीओ निश्कासन गर्नु वैज्ञानिक प्रक्रिया अबलम्बन गर्नु रहेको बताउँछन् ।  ‘तर रिलायन्स स्पिनिङ .मिल्सको हकमा भने केही प्रक्रिया गलत हो कि जस्तो देखियो । नियामक निकायले हेर्ने इण्डिकेटरमा कतै गलत भएको कारण लगानीकर्तालाई महङ्गो पर्न गएको हामीलाई लागेको छ ।’ उनले भने–‘बुलिस बजारमा यसको मूल्य ठीकै लागेता पनि बियरिस बजारमा सेयरको भाउ कस्तो रहला त्यो पनि विचार गर्नुपर्ने देखिन्छ । यदि विदेशी लगानीकर्ताहरुको हकमा हुन्थ्यो भने ठीकै पनि हो, तर यही बजारबाट पैसा उठाउने अबस्थामा रिलायन्स स्पिनिङ मिल्सको सेयर कटअफ मूल्य चित्तबुझ्दो छैन । शंका गर्ने प्रशस्त ठाउँ दिएको छ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.