आईतवार, भाद्र २३,२०८१ 09:28:14
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 09:28:14
IME remit
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी

Hyundai Nepal
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा रणनीतिक योजना निर्माणसम्बन्धी कार्यशाला गोष्ठी
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा  आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।  

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना निर्माणको लागि प्रदेशका उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि गर्न महासंघ कोशीले कार्यक्रम आयोजना गरेको बताउँदै उनले विश्वव्यापीकरण र प्रविधिको विस्तारले औद्योगिक संघ संस्थाहरूको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सघन विस्तार भइरहेको अवस्थामा रणनीतिक योजनाको आवश्यकता महशुस गरी महासंघले यो कार्यक्रम आयोजना गरेको उनले बताए । कार्यक्रममा आध्यान्त फन्ड म्यानेजमेन्टका सहजकर्ता दिलीप गुरुङ र निश्चल सिंह भण्डारीले सहजीकरण गरेका थिए ।  

कार्यक्रममा व्यापार सहजीकरण सेवासम्बन्धी कार्यशाला पनि सञ्चालन गरिएको थियो । कार्यशाला गोष्ठीमा संगठनको सांगठनिक संरचना र व्यापार सहजीकरणमा समुहगत रुपमा छलफल गरिएको थियो । छलफलमा भाग लिदै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले प्रविधिमैत्री जनशक्ति र उद्यमशीलतालाई रणनीतिले प्राथमिकतामा राख्नुपर्ने बताए । 

गौरादह उद्योग वाणिज्य संघका जीतबहादुर कार्कीले महासंघ कोशी प्रदेश सम्पूर्ण उद्योग वाणिज्य संघहरुको छाता संगठनको रुपमा रहनुपर्ने बताउदै व्यापार सहजीकरण सेवा पनि महासंघ कोशीबाटै संचालन हुनुपर्ने बताए । उद्योग संगठन मोरंगका उपाध्यक्ष भोलेश्वर दुलाललेव्यवसायीक रणनीति निर्माण गर्दा अरुभन्दा फरक ढंगले गर्न सकिए सफलता प्राप्त गर्न सकिने बताए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले संस्थागत रणनीति निर्माण गर्दा व्यवस्थित सचिवालय, हेल्प डेस्क, तथा तथ्यांकहरुलाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्नेमा जोड दिए  । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रणनीति निर्माण गर्दा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराज ढकालले चिया र यसको वर्तमान व्यवसायिक अवस्थाको बारेमा जानकारी गराए ।  

साथै आज बसेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ कार्यसमिति बैठक अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसी अहिलेसम्म सञ्चालन गरिएका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको थियो भने आगामी असोज २ देखि ६ गते सम्म कटहरी, मोरंगमा रहेको कृषि बजारमा कृषि एक्स्पोको आयोजना गर्ने निर्णय गरिएको थियो ।  

कार्यसमितिको बैठक पश्चात भएको रणनीतिक योजना कार्यशाला गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गरी  ५० जनाको सहभागिता रहेको  थियो । रणनीतिक योजना कार्यशाला गोष्ठि असार ८ गते सम्म सञ्चालन गरिने छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X