शुक्रबार, बैशाख ४,२०८३ 10:11:18
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:11:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित

Bizshala
लिट्मस इन्डस्ट्रिजद्वारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्डमार्फत लगानी सुरक्षित
Shivam Cement

काठमाण्डौ । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुन कम्पनीले जनाएको छ ।

अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सु–व्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने कम्पनीले विश्वास लिएको छ । यसका साथै, उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने  

लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए । साझेदारीको बारेमा आफ्नो उनले भने,‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततःहाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

 लिट्मस इन्डष्ट्रिजको बारेमाः

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालको तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो । नेपाली तार, केबल तथा कन्डक्टर उत्पादकहरूमध्ये लिट्मस इन्डस्ट्रिज पहिलो र एक मात्र पब्लिक कम्पनी हो । सन् २०१४ देखि रमेश कर्पोरेसनको छातामुनि रहेको लिट्मसले देशको विद्युतीकरण र औद्योगिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल सरकारद्वारा जलविद्युत विकासका लागि राखेको दूरदृष्टि र कोरेका योजना र प्राथमिकताहरूसँग एकाकार हुँदै लिट्मस इन्डिस्ट्रिजले जलविद्युत प्रसारण र वितरणका लागि चाहिने अन्तर्राष्ट्रिय गुणस्तरका केबल तथा कन्डक्टर उत्पादन र आपूर्ति गर्दै जलविद्युत संरचना विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड बारेमाः

अवसर इक्विटी डाइभर्सिफाइड फण्ड, नेपाल धितोपत्रबोर्ड (सेबोन) मा दर्ता भएको रु ४.५६ अर्बको क्लोज एन्डेड सेक्टर एग्नोस्टिक निजी इक्विटी फन्ड हो । यो कोषले, नेपालको आर्थिक वृद्धि र विकासलाई अघि बढाउने नयाँ र प्रभावकारी परियोजनाहरूलाई समर्थन गर्दै, उच्च सम्भावना भएका कम्पनीहरूसँग साझेदारी गरी विभिन्न क्षेत्र र कम्पनीहरूमा लगानी गर्दछ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.