आईतवार, श्रावण १०,२०८३ 08:01:48
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 08:01:48
Bizshala
Global IME Bank Limited

पेप्सीकोलामा साढे ४२ करोड फसाएको सेबोनले सात दोबाटोमा पनि जग्गा लिजमा लिएको भेटियो !

लगानीकर्ताले तिरेको पैसाको हदैसम्मको दुरुपयोग, कसले गर्ने छानबिन ?

पेप्सीकोलामा साढे ४२ करोड फसाएको सेबोनले सात दोबाटोमा पनि जग्गा लिजमा लिएको भेटियो !
New Office

काठमाण्डौ । स्थापनाकालदेखि नै भाडामा बसेको धितोपत्र बोर्डले पेप्सीकोलामा जग्गा बैना गर्नुअघि सातदोबाटोमा जग्गा लिजमा लिएर भाडा तिर्दै आएको खुलेको छ ।  

पेप्सीकोलामा आफ्नै जग्गा खरीदको नाममा तीन बर्षदेखि बोर्डको साढे ४२ करोड रुपैयाँ फसेको छ । यो पैसाको साँवाब्याजसहित हिसाब गर्ने हो भने हालसम्म पचास कारोड भन्दा बढी पैसा हुन जान्छ । यो पैसा भनेको सेयर लगानीकर्ताहरुले हरेक कारोबारमा धितोपत्र बोर्डलाई तिर्दै आएको कमिसनको पैसा हो ।  

यस्तो पैसा प्रतिकारोबार १० रुपैयाँ भन्दा बढी पर्न जान्छ । लगानीकर्ताहरुले यस्तो पैसा हरेक कारोबारमा ब्रोकरलाई तिरेका हुन्छन भने ब्रोकरले धितोपत्रबोर्डलाई एकमुष्ट तिरेका हुन्छन् । तर यस्तो पैसा धितोपत्रबोर्डले जनताको लगानी बालुवामा पानी सरह बगाउने गरेको पाइएको छ ।  

शूरवीर पौड्याल धितोपत्र बोर्डमा  अध्यक्ष हुँदा बोर्डले भवन निर्माणका लागि २०६७ सालतिर सातदोबाटोमा आइक्यानसँग मिलेर १० रोपनी सरकारी जग्गा भाडामा लिएको थियो। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल धलौट उद्योगको नाममा रहेको उक्त जग्गा ५० वर्षका लागि भाडामा लिइएको थियो ।  

कुल जग्गामध्ये ६ रोपनी आइक्यान र ४ रोपनी धितोपत्र बोर्डले लिएको हो  । यो सम्झौताअनुसार  बोर्डले हाल वार्षिक एकलाख रुपैयाँ बराबर  तिरेर ५० वर्षका लागि जग्गा भाडामा लिइएको हो’, धितोपत्र बोर्डका प्रबक्ता ड. नबराज अधिकारीले जानकारी दिए ।  

उक्त जग्गा लिएको करिब १३ वर्ष भइसकेको छ। हालसम्म भाडामै १२–१३ लाख रुपैयाँ  बराबर धितोपत्र बोर्डले तिरिसकेको छ । अझै ३७ वर्ष धितोपत्र बोर्डले नै भाडा तिर्नुपर्ने अवस्था छ । त्यहाँ अहिले महानगरीय प्रहरीवृत्त सातदोबाटो रहेको छ । यहाँ अनौठो के रहेको छ भने बार्षिक रुपमा लाखौ रुपैयाँ धितोपत्र बोर्डले तिर्छ, तर रजगज भने नेपाल प्रहरीको चल्छ ।  

यो सम्झौता ५० बर्षको लागि भएको कारण यदि यो भंग भएको अवस्था वा कुनै अर्को सम्झौता नभएको खण्डमा अझै ३७ बर्ष धितोपत्रबोर्डले नै भाडाबापत पैसा तिर्नुपर्नेछ ।  

सरकारी निकायको अकर्मण्यता र अदूरदर्शी नीतिका कारण कसरी जनताको पैसाको हदैसम्म दुरुपयोग हुन्छ भन्ने कुराको उदाहरणका लागि धितोपत्र बोर्डको जग्गा प्रकरणहरु नै पर्याप्त रहेका बजारका एक लगानीकर्ता टेकेन्द्र थपलिया बताउँछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.