आईतवार, भाद्र २३,२०८१ 07:11:29
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:11:29
IME remit
Global IME Bank Limited

एनसेलका मनसुन केन्द्रित र्‍यापिड रेस्पोन्स टिमहरुले थाले काम

Hyundai Nepal
एनसेलका मनसुन केन्द्रित  र्‍यापिड रेस्पोन्स टिमहरुले थाले काम
Nabil Bank Limited

काठमाण्डौ । विपद् पूर्वतयारी र प्रतिकार्यका लागि एनसेलले गठन गरेका आफ्ना  र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । यसले गर्दा हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउन सम्भव भएको छ ।

मनसुनजन्य प्रकोपहरुका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई सम्बोधन गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन राखी सम्पर्कमा रही रहन मद्दत गर्ने प्रतिवद्धता बमोजिम एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी टोलीहरुले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असरका बावजुत असार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दाबढि जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरेपनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढि टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो । हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरु र नेपाल विद्युत प्राधिकरणको खम्बा डलेर विद्युत आपूर्तिमा असर परेको अवस्था थियो ।  

आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरु सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उदेश्य अनुरुप यी आरआरटीहरु गठन गरिएका हुन् ।

अहिलेको अवस्थामा विशेष गरि भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरु अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखि केही गरि अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पूनः संचालनमा ल्याउन  र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

यसैगरी, एनसेलले विपद् पुर्वतयारी स्वरुप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध छ ।  

विपद्को समयमा विद्युत आपूर्ति अवरुद्ध हुने कुरालाई मध्यनजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको एक विज्ञप्तिमार्फत जनाएको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ ।  

त्यसैगरी, धेरै सेवाग्राही भएका ठाउँहरु र बाढीले असर गर्नसक्ने ठाउँहरुलाई लक्षित गरि एनसेलले आवश्यक तयारीहरु गरेको छ । विपद्को बेलामा विद्युत आपूर्ति र पूर्वाधारमा असर पर्ने हुनाले दूरसञ्चार सेवा संचालन गरि आम जनमानसलाई सम्पर्कमा राख्नका लागि यी स्रोतहरुले धेरै ठूलो महत्व राख्दछ । 

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा एनसेलले बाढी र पहिरोको सम्भावित जोखिमका बारेमा एसएमएस अलर्टमार्फत पूर्व जानकारी प्रदान गर्दै आएको छ । गत वर्ष मात्र एनसेलले मानव जीवन र सम्पत्तिको सुरक्षामा उल्लेखनीय योगदान पु¥याउँदै १ करोडभन्दा बढी यस्ता एसएमएस अलर्टहरू पठाएको थियो । विभागको टोल–फ्रि सेवा ११५५ मा डायल गरेर बाढी सम्बन्धी पूर्वसूचना लिन पनि सकिन्छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X