बिहीबार, माघ १७,२०८१ 08:17:27
IME remit
  • बिहीबार, माघ १७,२०८१ 08:17:27
IME remit
Global IME Bank Limited

‘एक युवा, एक विरुवा’ अभियानको सुरुवात, ७ हजार ७ सय विरुवा रोपिने

Hyundai Nepal
‘एक युवा, एक विरुवा’ अभियानको सुरुवात, ७ हजार ७ सय विरुवा रोपिने
Nabil Bank Limited

काठमाण्डौ । ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित ‘एक युवा, एक विरुवा’ अर्थात अभियानको औपचारिक सुरुवात भएको छ ।  

नेपाल युवापरिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन(एफएओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षारोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।  

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरुले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरुसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्,‘यस अभियानमा सहभागी हुने युवाहरु सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका विरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ।’  

आजबाट शुरु अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर)को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।    

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले बताईन् । ‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’उनले भनिन् ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रिय कार्यसमिति सदस्य एवं बाग्मती प्रदेशका सयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रुपमा पुर्याउन सहयोग गरेकोमा एनसेल र एफएओ नेपाल,  शुभारम्भ कार्यक्रमका लागि विदुर नगरपालिकालाई कृतज्ञता व्यक्त गर्दै एक युवा एक विरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए ।  

कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा–१० का वडा अध्यक्ष गणेशकुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे । ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ विरुवाको संरक्षणको जिम्मा समेत वडा न.१० लेलिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजनासमेत रहेको आयोजक संस्थाहरुले जनाएकाछन् ।

कार्यक्रममा नेपाल युवा परिषद, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.