शनिबार, फाल्गुन १०,२०८१ 08:06:55
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:06:55
IME remit
Global IME Bank Limited

चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय

Hyundai Nepal
चार मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सरकारले विभिन्न ४ मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। जसअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गका लागि कुल ३१ अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय सरकारले गरेको छ।

यसैगरी सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत आयोजनाहरुका लागि आर्थिक वर्ष २०८०–०८१ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहत अधिकृतस्तरका जम्मा ३० पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले जानकारी दिइन्। 

त्यस्तै खानेपानी मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाहरुमा आर्थिक वर्ष २०८०–८१ का लागि अधिकृतस्तरका २३९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ।

सरकारले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीहरुलाई सरुवा गर्ने निर्णय पनि गरेको छ। जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव उदयराज सापकोटालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकोे सचिव पदमा, नेपाल कानुन आयोगका सचिव लीलादेवी गड्तौला (निरौला)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा र सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगको सचिव पदमा सरुवा गर्ने निर्णय भएको छ। 

Shivam Cement
CG Motors
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.