आईतवार, आश्विन २०,२०८१ 09:33:04
IME remit
  • आईतवार, आश्विन २०,२०८१ 09:33:04
IME remit
Global IME Bank Limited

६० भन्दा बढी स्टार्टअपले पाए दुई करोड बढी कर्जा

Hyundai Nepal
६० भन्दा बढी स्टार्टअपले पाए दुई करोड बढी कर्जा
Nabil Bank Limited

काठमाण्डौ। ६० भन्दा बढी स्टार्टअपले दुई करोड बढी कर्जा पाएका छन्। जसमा सरकारले स्टार्टअप कम्पनीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइरहेको जनाइएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १८३ फर्म तथा कम्पनीलाई कर्जाका लागि सिफारिस गरेकोमा तीी कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा उपलब्ध गराइरहेको बताइएको छ।

Bizshala
Shivam Cement
CG Motors

प्रतिष्ठानले गएको जेठ २९ गते सिफारिसमा परेका स्टार्टअपलाई वाणिज्य बैंकको नजिकका शाखामा सम्पर्क गर्न भनेको थियो। तीमध्ये जसमा हालसम्म ६० भन्दा बढी स्टार्टअपले पहिलो किस्तामा दुई करोड रुपैयाँभन्दा बढी कर्जा पाइसकेको प्रतिष्ठानको भनाइ छ।

आवश्यक प्रक्रिया पूरा गरेर सबै स्टार्टअपले कर्जा पाउने प्रतिष्ठानले जनाएको छ। पाँच लाख रुपैयाँसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको दुई र २५ लाखसम्मको कर्जा तीन किस्तामा उपलब्ध गराइनेछ।

प्रतिष्ठानका अनुसार तीन प्रतिशत ब्याजदरमा पाइने यो कर्जा दुई वर्षभित्र तिर्न सुरु गरिसक्नुपर्ने र पाँच वर्षभित्र सबै कर्जा भुक्तानी गरिसक्नुपर्ने उल्लेख गरिएको छ।

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि २५ करोड रुपैयाँ छुट्ट्याएको थियो। त्यसको करिब २५ प्रतिशत कर्जा सुरक्षण कोषमा राखिएको छ। बाँकी १९ करोड ४० लाख रुपैयाँ कम्पनीहरूले ऋण पाउने प्रतिष्ठानले जनाएको छ।

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.