शनिबार, कार्तिक ७,२०८३ 08:17:58
  • शनिबार, कार्तिक ७,२०८३ 08:17:58
Global IME Bank Limited

हिमालयन लाइफको एजीएमः नयाँ सञ्चालक चयन, सेयरधनीलाई राम्रो प्रतिफल दिने उद्घोष

Bizshala
हिमालयन लाइफको एजीएमः नयाँ सञ्चालक चयन, सेयरधनीलाई राम्रो प्रतिफल दिने उद्घोष
New Office

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ ।  

सो बार्षिक साधारण सभा साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो भएको कम्पनीले जनाएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सो साधारणसभाले संचालक समितिको आ.व. २०७८-७९ को बार्षिक प्रतिवेदन, साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७८-७९ को लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९-८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक र स्वतन्त्र संचालक नियुक्तिलाई स्वीकृत तथा अनुमोदन गरेको छ ।  

यसैगरी सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता, कम्पनीबाट आ.व. २०७८-७९ मा भएको खर्च अनुमोदन गरेको छ भने प्रस्तावित बिषय उपर कुनै संसोधन एवं फेरबदल गर्नु पर्ने भएमा संञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यसैगरी कम्पनीको सो साधारण सभामा संस्थापक शेयरधनीतर्फ शुलभ अग्रवाल, विवेक दुगड, सौरभ दुगड र सर्वसाधारण शेयरधनीतर्फ राजीवप्रसाद प्याकुरेल, प्रमिला के.सी. र सचिन आचार्य निर्विरोध निर्वाचित भएका छन् ।  

सभामा मन्तब्य राख्दै संचालक समितिको अध्यक्ष शुलभ अग्रवालले मर्जरपश्चात कम्पनी व्यवस्थित रुपमा अगाडि बढिरहेकोले आगामी दिनमा कम्पनीलाई अग्रणी संंस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले मर्जरपश्चात कम्पनी सवल र सक्षम भएको बताउँदै आगामी दिनमा शेयरधनीहरुलाई उचित प्रतिफल पाउने वातावरण बनाइने बताए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.