आईतवार, भाद्र २३,२०८१ 08:46:41
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:46:41
IME remit
Global IME Bank Limited

एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने

Hyundai Nepal
एसियाकै सबैभन्दा धनी मुकेश अम्बानीको सम्पत्ति सकिन ९३२ वर्ष ६ महिना लाग्ने
Nabil Bank Limited

काठमाण्डौ। मुकेश अम्बानी एसियाकै सबैभन्दा धनी व्यक्ति हुन्। उनी धेरै जसो आफ्नो सम्पत्तिका कारण चर्चामा आईरन्छन्। एक रिपोर्टका अनुसार रिलायन्स इन्डस्ट्रिज (आरआईएल) का अध्यक्ष समेत रहेका अम्बानीको जम्मा सम्पत्ति १२१ अर्ब अमेरिकी डलर रहेको छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसमा अम्बानीले हरेक दिन भारतीय ३ करोड रुपैयाँ ९ नेपाली ४ करोड ८० लाख रुपैयाँ० खर्च गरे पनि उनको यो सम्पत्ति सकिन निकै समय लाग्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।  

कति सयम लाग्ला उनको यो सबै सम्पत्ति समाप्त हुन् ?

यदि अम्बानीले आफ्नो कुल सम्पत्तिबाट दैनिक ३ करोड भारतीय रुपैयाँ खर्च गरे वा दान गरे भने उनको सम्पूर्ण सम्पत्ति ३,४०,३७९ दिनमा समाप्त हुने एक रिपोर्टमा उल्लेख छ। वर्षमा ३६५ दिन हुन्छन्। ३,४०,३७९ दिनलाई वर्षमा परिणत गर्ने हो भने उनको सबै सम्पत्ति समाप्त हुन् ९३२ वर्ष ६ महिना लाग्ने छ।

जसको मतलब, यदि मुकेश अम्बानीले आफ्नो कुल सम्पत्तिबाट दैनिक ३ करोड भारतीय रुपैयाँ खर्च गर्छन् वा दान गर्छन् भने, उनको सबै सम्पत्ति समाप्त हुन शताब्दीयौं लाग्नेछ। ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार २०२४ मा अहिलेसम्म अम्बानीको सम्पत्ति १.९८ लाख करोड रुपैयाँले बढेको छ।

अम्बानी रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आइआइएल) को सीएमडी हुन्। उनी आफ्नो भव्य जीवनशैलीका लागि परिचित छन्। उनको घर एन्टिलिया संसारको सबैभन्दा महँगो निजी घर हो। 

आजकल मुकेश अम्बानी छोराको बिहेका कारण चर्चामा छन्। अनन्त अम्बानीले राधिका मर्चेन्टसँग जुलाई १२ मा मुम्बईमा विवाह गरेका थिए। यो विवाह भारतमा सबैभन्दा ठूलो र सबैभन्दा भव्य रूपमा विवाहहरू मध्ये एक थियो। 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X