काठमाण्डौ। नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएर ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि लिएको ऋण दायित्वको असार महिनाको किस्ताबापतको सो रकम भुक्तानी गरेको हो।
जसमा ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ असार महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ भुक्तानी गरेको नेपाल वायु सेवा निगमले जनाएको छ।
निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात् निगमले २०८१ असार सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ।