बिहीबार, असार १८,२०८३ 10:47:57
Bizshala
  • बिहीबार, असार १८,२०८३ 10:47:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिटलरको सुनले भरिएको रेलको खोजीमा ठूलो सफलता : पोल्याण्डमा अर्बौं डलरको खजानाको संकेत, उत्खनन सुरु

Laxmi Sunrise Bank Limited
हिटलरको सुनले भरिएको रेलको खोजीमा ठूलो सफलता : पोल्याण्डमा अर्बौं डलरको खजानाको संकेत, उत्खनन सुरु

काठमाण्डौ । पोल्याण्डका विज्ञहरूले नयाँ पुरातात्विक खोजमा ठूलो सफलता हासिल गरेका छन्। यहाँको विज्ञहरुले २५ करोड पाउण्डको खजाना भएको नाजी ट्रेन हुनसक्ने सम्भावित स्थान पत्ता लगाएका छन् । यसका लागि पोल्याण्डको डिजिमियानीमा उत्खनन सुरु गरिएको छ ।

अन्वेषकहरूले यस ठाउँमा दोस्रो विश्वयुद्ध युगको बंकर हुनसक्ने बताएका छन्। यसको मुनि एउटा दुर्लभ रेल र बहुमूल्य खजाना हुन सक्ने उनीहरुको भनाई छ । पोमेरेनियन भोइभोडशिपका स्मारक संरक्षक मार्सिन टिमिन्स्कीले यस स्थानमा अज्ञात जर्मन भण्डारको सम्भावना पुष्टि गरेका छन्। जर्मनीका शासक हिटलरको सुनले भरिएको प्रख्यात रेलको खोजी लामो समयदेखि भइरहेको छ । सन् १९४५ देखि, सरकारहरू, पोलिश सेना र खजाना शिकारीहरूले यस रेलको खोजी गरिरहेका छन्। जुन उत्तरी पोल्याण्डमा हुन सक्छ भन्ने विश्वास गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

भर्चुअलना पोल्स्काका अनुसार, पोलिश अधिकारीहरूले आधिकारिक रूपमा नयाँ खोजको लागि अनुमति दिएका छन्। खजानाको खोजीमा नेतृत्व गरिरहेका जान डालिङ्गोस्कीका अनुसार नाजीहरूले सन् १९४३ मा डिजिमियानीमा सेनाको प्रशिक्षण शिविर बनाएका थिए।

डेलिंगोस्कीले काशुबिया क्षेत्रमा यो प्रख्यात ट्रेनको खोजीमा विगत एक दशक बिताएका छन्। उनीहरूले संदिग्ध खजानाको साइटलाई नाजी अधिकारी एरिक कोचसँग जोड्ने ऐतिहासिक प्रमाणहरूलाई औंल्याएका छन्।  

एरिक कोच सन् १९२८ देखि १९४५ सम्म पूर्वी प्रसियामा नाजीहरूको गौलिटर थिए। दोस्रो विश्वयुद्ध पछि, कोचलाई पोल्याण्डमा मुद्दा चलाइएको थियो र सन् १९५९ मा युद्ध अपराधको लागि सजाय सुनाइएको थियो ।  

इन्स्टिच्युट अफ नेशनल रिमेम्बरेन्स अफ पोल्याण्ड (आईपीएन)  को गोप्य फाइलहरू अनुसार, १९८० को दशकमा कोचलाई भेटेका एक कैदीले आफ्नो मृत्यु अघि खजानाको स्थान खुलाएको दाबी गरेका छन्। कैदीको भनाइलाई उद्धृत गर्दै डेलिङ्गोस्कीले जर्स्क र क्लुचोभको बीचमा जाँदा रेल लिकबाट बाहिर गएको थियो ।  

सुनले भरिएका बक्सहरू पूर्व एसएस ब्यारेकको ठाउँमा ताल नजिकैको पहाडमा रहेको बंकरमा लुकाइएको बताइएको छ। यस क्षेत्रमा यसअघि गरिएको खोजीमा इँटाले बनेको ट्याङ्की भेटिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.