सोमबार, बैशाख ८,२०८२ 12:09:52
IME remit
  • सोमबार, बैशाख ८,२०८२ 12:09:52
IME remit
Global IME Bank Limited

सौर्य जहाज दुर्घटनामा परेका पाइलट डिस्चार्ज हुँदै

Hyundai Nepal
सौर्य जहाज दुर्घटनामा परेका पाइलट डिस्चार्ज हुँदै
Nabil Bank Limited

काठमाण्डौ। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिष शाक्यको डिस्चार्ज गर्ने तयारी रहेको काठमाण्डौ मोडेल अस्पतालले जनाएको छ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनको  स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ। अस्तालका  अनुसार उपचारमा संलग्न चिकित्सकको सल्लाह अनुसार उनलाई डिस्चार्ज गर्ने तयारी छ। 

परिवारका सदस्यसँग कुरा गरेर आजै वा भोलि डिस्चार्ज गरिने तयारी छ।

क्याप्टेन  शाक्यको जहाज दुर्घटनामा अनुहार, आँखा, नाक, टाउकोमा चोट लागेको थियो भने ढाडको एउटा हाँड र देव्रेपट्टि तीन वटा करङका हाँड भाँचिएको थियो।

एमआरआई गर्दा खासै जटिलता नदेखिएकाले मेरुदण्डको अपरेशन नगरेको अस्पतालले जनाएको छ।

९ साउनमा काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै दुर्घटनामा परेको थियो। 

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.