बिहीबार, माघ २२,२०८२ 10:52:51
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 10:52:51
Bizshala
Global IME Bank Limited
Bizshala

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई

वेस्ट मिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’ लाई
Shivam Cement

काठमाण्डौ। ललितपुरको कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस्टिमले जितेको छ। तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो। 

प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो। हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो। विजेता टिमले ट्रफि, सर्टिफिकेटसहित नगद ३७ हजार रुपैयाँ प्राप्त गरेको छ।

Bizshala
Garima Development Bank
New Office

प्रतियोगितामा टुगेदर वि डोमिनेट टिम फस्र्ट रनर अप बन्न सफल भयो। रनरअप टिमले सर्टिफिकेटसहित २४ हजार रुपैयाँ प्राप्त गरेको छ। त्यस्तै, सेकेन्ड रनर अपको उपाधि रेकर्सले प्राप्त गरेको छ। रेकर्सले सर्टिफिकेटसहित १४ हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुजन राई बन्न सफल भए। उनले सर्टिफिकेट सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ। विजेताहरुलाई कलेजका प्रिन्सिपल अरुणलाल जोशी तथा ‘रश्मेकास्ट’ का रश्मा महराले पुरस्कार प्रदान गरे। 

कार्यक्रमपछि प्रतिक्रिया दिँदै वेस्ट मिन्स्टरका कलेजका प्रिन्सिपल जोशीले भने, ‘यो कार्यक्रम कलेजका विद्यार्थीहरुबीच ई–स्पोर्टस् खेललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको हो। विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’

प्रतियोगिताको व्यवस्थापन टेनेट्सले गरेको हो।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.