काठमाण्डौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मुलाको मूल्य घटेको जनाएको छ। बिहीबार कालीमाटी बजारमा सेतो स्थानीय मुलाको प्रतिथोक मूल्य १५ देखि २० रूपैयाँ छ।
त्यस्तै, हाइब्रिड मुला प्रतिकिलो थोक मूल्य २० देखि ३० रूपैयाँ छ। यसअघि ६० देखि ७० रूपैयाँसम्म थियो। विस्तारै मुलाको मूल्य घटेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा मुला प्रतिकिलो थोक मूल्य १० रूपैयाँदेखि २० रूपैयाँसम्म बिक्री भइरहेको छ।
आपूर्ति कम हुँदा मुला प्रतिकिलो ६० देखि ७० रूपैयाँसम्म पुगेको थियो। गत वर्ष मुला प्रतिकिलो थोक मूल्य ९० देखि ९५ रूपैयाँसम्म पुगेको समितिको भनाइ छ।