बिहीबार, कार्तिक ८,२०८१ 04:12:02
IME remit
  • बिहीबार, कार्तिक ८,२०८१ 04:12:02
IME remit
Global IME Bank Limited

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस् !

Hyundai Nepal
डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस् !
Nabil Bank Limited

काठमाण्डौ। पछिल्लो समय आर्थिक गतिविधिमा डिजिटल कारोबार बढिरहेको छ। कुनै भौतिक रूपमै उपस्थित भएर लाइन बसेर लिनुपर्ने धेरै सेवा घरमै बसेर पाइने गरी वित्तीय संस्था अटोमेशनमा गएका छन्। एक क्लिकको भरमा बिल तथा युटिलिटीको अनलाइन पेमेन्ट, टपअप, अनलाइन सपिङ र टिकट बुकिङ गर्ने तथा डिजिटल्ली कारोबार गर्न सहज भएको छ।

बैंकहरुले डिजिटल कारोबारलाई प्राथमिकताका साथ प्रवद्र्धन गरिरहँदा नयाँ किसिमले ठगी भएका घटनाहरु पनि आउने गरेका छन्। मोबाइल बैंकिङ कारोबारको दुरुपयोग भएर पैसा ट्रान्सफर गर्नेदेखि आफैले नजानेर अवैध क्रिप्टो तथा बेटिङ कारोबार गर्दा समस्या पर्न सक्छ। यसबाट जोगिन डिजिटल बैंकिङ प्रयोगकर्ता अफै जोगिनु आवश्यक छ।

Bizshala
Shivam Cement
CG Motors

अरु कसैले नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गरेका घटना विभिन्न समयमा हुदैँ आएको छ ।  

यस्तै क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने, बेटिङ सम्बन्धी करोबार गर्ने जस्ता गैरकानुनी कारोबारमा पनि संलग्न भएका घट्ना पनि छन्। 

यस्तो कारोबार गर्दा ठगीमा मात्रै परिदैन अवैध कारोबारको केसमा कुनैपनि बेला कारबाहीमा पर्न सकिन्छ।

छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, क्यूआर, ओटिपी, पीन कोड र पासवर्ड जस्ता आफ्ना गोप्य विवरणहरु आफैले सुरक्षित राख्नुपर्छ। 

डिजिटल कारोबारमा कुनै समस्या भए सम्बन्धित बैंकमा तत्काल सम्पर्क गरी आफ्नो समस्या समाधान गर्न सकिन्छ।

डिजिटल माध्यमबाट वित्तीय कारोबार गर्दा यी कुरामा ध्यान दिनुपर्छ :

- डिजिटल वित्तीय कारोबार गर्ने मोबाइल र कम्प्युटरमा अनधिकृत पहुँच रोक्न अनिवार्य रुपमा पासवर्ड वा पिनले लक गर्ने

-डिजिटल वित्तीय सेवासँग सम्बन्धित लगइन आईडी, युजरनेम, पासवर्ड, पिनजस्ता व्यक्तिगत विवरण कसैलाई नदिने

-इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट, बैंकमा रजिस्टर गरिएका ई–मेलका साथै आफ्ना डिभाइसमा लामो समयसम्म एउटै पासवर्डरपिन प्रयोग नगरी पासवर्डरपिनहरु समय–समयमा परिवर्तन गरिरहने

-अरुले अनुमान गर्नसक्ने किसिमका सामान्य पासवर्ड प्रयोग नगर्ने

-सामाजिक सञ्जाल वा जुनसुकै माध्यमबाट प्राप्त मेसेजको भरमा वित्तीय कारोबार नगर्ने,  कारोबार गर्नुअघि सम्पूर्ण विवरण यकिन गर्ने

-आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एपको मात्र प्रयोग गर्ने।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.