काठमाण्डौ । आज साताको पहिलो दिन आइतबार भोटो जात्राको कारण सेयर बजार बन्द रह्यो ।
आज हामीले साप्ताहिक स्तम्भ ‘ग्राउण्ड जिरो’लाई सामाजिक सञ्जालमा केन्द्रीत गरेका छौं ।
बजार लगातार तीनदिन बन्द रहेका कारण लगानीकर्ताहरु केही फुर्सद निकालेर राजधानीबाट बाहिर गएको देखिन्छ । केही लगानीकर्ता भने बढ्दो बजारमा लामो समय बजार बन्द रहेकोमा रुष्ट देखिन्छन् । काठमाण्डौमा विदा हुँदा देशैभरको सेयर बजार बन्द हुनुमा केही लगानीकर्ताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पनि जनाएका छन् । कतिपयले त नेपाल स्टक एक्सचेञ्जको नाम फेरेर काठमाण्डू स्टक एक्सचेञ्ज राख्न समेत सामाजिक सञ्जालबाटै सुझाव समेत दिएका देखियो ।
केही लगानीकर्ता लगातार बढिरहेको बजार अब के होला ? भनेर जिज्ञासा राखेको पाइयो । सामाजिक सञ्जालमा नै अर्का एक लगानीकर्ता ठट्यौली पारामा भन्छन्अ-'हिले सेयर बजारमा बालकोटको घण्टी बजेको छ । सेयर बजारमा नयाँ लगानीकर्ताहरु सुनको सिक्री भिरेर बजार छिरेका छन् रे । अझै बजार राम्रै बढ्ला जस्तो छ ।'
उनलाई जबाफ दिँदै अर्का लगानीकर्ताले भने-'बिचार गरौं है साथीहरु, सेयर बजारमा किन्न सबैले सिकाउँछ । बेच्न कसैले सिकाउँदैन ।'
सामाजिक सञ्जालमा एक लगानीकर्ताले भनेका छन्ब-'जारमा मुख्य विषय भनेको ट्रेन्ड नै रहेछ । मैले त सस्तो भनेर एचआइडीसीएल किनियो, के गरौंजस्तो लागेको छ ? उनलाई जवाफ दिँदै एक लगानीकर्ताले यसको प्रमोटर सेयर त आईपीओको मूल्यमा नै रहेको छ । यो बजारमा केही कम्पनी होल्ड गर्न, केही खेलोफड्को गर्न किन्नुपर्ने रहेछ । टाइमिङ पनि मिलाउनुपर्ने रहेछ ।'
उनलाई पनि जवाफ दिंदै अर्का लगानीकर्ता अगाडि भन्छन्अ-'हिले जस्तोसुकै कम्पनीमा पैसा हाले पनि सेयर किन्ने समय हो । तर सधैं यस्तो भने हुँदैन । सेयर बजारमा समय नै बलवान फ्याक्टर हो ।'
क्लब हाउसमा एकजना लगानीकर्ताले सोधे-'भोलिको बजार के होला ? त्यो एनएफएस भन्ने कम्पनीको सेयरमूल्य के होला ?'
जवाफमा अर्का लगानीकर्ता भन्छन्स-'धैं बजार बन्द हुनै लाग्दा केही सेकेण्डअघि सर्किट लाग्थ्यो, भोलि सुरुदेखि नै खेलाडीले पावर देखाउन सर्किट लाग्ला ।'
क्लबहाउसमा नै एक लगानीकर्ताले 'त्यो इमर्जिङ नेपाल र नेपाल वेयर हाउजिङ कम्पनी कस्तो होला साथीहरु' भनेर सोधे । उनले थप सोधे-'अब कुन क्षेत्रमा पस्दा होला नि, अनुमान गरौं त साथीहरु । जवाफमा अर्का एक लगानीकर्ताले इन्स्योरेन्स र उत्पादन समूहतर्फ नजर घुमाउन सल्लाह दिए । सबैभन्दा कम बढेको लाइफ इन्स्योरेन्स छ ।'
क्लब हाउसमा नै एक लगानीकर्ताले भने-'पहिले त सेयर बजार भनेपछि घरका परिवारले पनि पत्याउँदैनथे । अब त आफन्त पनि पैसा दिन तयार छन् । समाचार सुनेछन् क्यारे, अब त बल्ला पैसा दिन थाले ।'
क्लब हाउसमा नै एक लगानीकर्ताले भने-'मेरो साथीले हाथीको सेयर ३ हजार रुपैयाँमा आइपीओ नै पारेर राखेको रहेछ, अहिले त तीनलाखको भयो रे । सेयर बजारले त करोडपति नै बनाउँछ जस्तो छ ।'
क्लबहाउसमा नै एक महिला लगानीकर्ताले भनिन् -'ह्याप्पी फ्रेन्डसिप डे है साथीहरु । बजार बुम बुम !'
कोरियाबाट एक लगानीकर्ताले उनलाई जबाफ दिँदै भन्छन्-' हामी त यहाँ साहूको आँखा छलेर सेयर बजारमा लागेका छौं । हामीलाई पनि सेयर बजारबाट प्रशस्त कमाउने सीप सिकाउनुपर्यो है ।'