शनिबार, जेष्ठ २,२०८३ 11:58:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:58:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लिबर्टी माइक्रो लाइफले ल्यायो सस्तो बीमाशुल्क भएको ‘सुरक्षित बाल भविष्य योजना’, यस्ता छन् विशेषता

Laxmi Sunrise Bank Limited
लिबर्टी माइक्रो लाइफले ल्यायो सस्तो बीमाशुल्क भएको ‘सुरक्षित बाल भविष्य योजना’, यस्ता छन् विशेषता
Shivam Cement

काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबालिका लक्षित नयाँ बीमालेख ‘सुरक्षित बाल भविष्य योजना’ ल्याएको छ । कम्पनीले यो योजना गत  १७ गतेदेखि बिक्रि सुरु गरेको हो ।  

यस बीमालेखअन्तर्गत १ महीनादेखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च शिक्षा, विवाह÷ब्रतबन्ध जस्ता सामाजिक कार्य वा पेशा ब्यवसाय सुरु गर्नका आर्थिक स्रोत प्रदान गरी उज्वल भविष्य निर्माणमा सहयोग गर्ने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

यस योजनाअन्तर्गत न्यूनतम ८ वर्षदेखि अधिकतम २५ वर्ष अवधिसम्मको बीमा गर्न सकिने र न्युूनतम बीमांक रकम रु.२५ हजारदेखि अधिकतम बीमांक रकम रु.५ लाख सम्म लिन सकिनेछ ।  

यो बीमालेखका विशेषता तथा आर्कषणहरु यस्ता छन् बीमालेखका विषेशताहरु

–आफ्नो बालबच्चाको उज्वल भविष्य सुनिश्चित गर्न उपयुक्त बीमा योजना  

–बीमालेखको अवधि समाप्तिमा बीमाङ्क रकम तथा प्रत्याभूत गरिएको आयसहित प्राप्त हुने एकमुष्ठ रकमले बालबच्चाको उच्च शिक्षा, पेशा ब्यवसाय तथा विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यका लागि आर्थिक स्रोतको सुनिश्चितता प्रदान गर्ने ।  

–बालबच्चाको बीमागर्दा प्रस्तावक (बुवा÷आमा÷कानूनी संरक्षक) को पनि जोखिम रक्षावरण हुने  

–बीमा गरेको अवधि १९ वर्ष वा सो भन्दा कम भएमा रु.२५ प्रति हजार प्रतिवर्ष र २० वर्ष वा सो भन्दा माथि भएमा रु.३५ प्रति हजारप्रति वर्ष आय प्रत्याभूत गरिएको  

–सस्तो÷किफायति बीमाशुल्क दरभएकोले न्यून आयवर्ग लगायत सबैका लागि सुहाँउदो बीमा योजना  

– अनलाइन माध्यमबाट सरल एव छरितो तरीकाले घरमै बसि बीमा आवेदन गर्न, बीमाशुल्क भुक्तानी गर्न तथा बीमालेख प्राप्त गर्न सकिने  

–उक्त बीमालेखसँग प्रस्तावकले दुर्घटना मृत्यु लाभ तथा पूर्ण स्थायी अशक्तता लाभ सुविधा थोरै अतिरिक्त बीमाशुल्क तिरी लिन सकिने  

यस बीमायोजनाबाट लाभ लिन कम्पनीका कार्यालयहरुमा वा अभिकर्ता वर्गलाई सम्पर्क गरी विस्तृत जानकारी लिन कम्पनीले आग्रह गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.